१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

प्रदेश नम्बर २ सरकारले दियो नेपाल प्रहरीलाई उद्धार सामग्रीहरु

Logo
प्रकाशित बिहिबार, साउन ०१, २०७७

एबिसी संचार
धनुषा प्रदेश सरकार प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारबाट प्राप्त विपद् उद्धार सामग्री २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर २ जनकपुरधामको परिसरमा बुधबार दिउँसो आयोजित एक कार्यक्रमबीच आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले र्याफ्ट बोट ४ थान, गाइड/मास्टर प्याडल ४ थान, रेस्क्यू हेल्मेट ३२ थान, आउटफिटर प्याडल ३२ थान, लाईफ ज्याकेट ३२ थान, ब्यारेल ह्यान्ड पम्प ४ थान, लाईफ लाईन रोप ४ थान, बोलाईन रोप ४ थानर र्याफ्ट क्यारी ब्याग ४ थान हस्तान्तरण गरेका हुन् ।
विगतका वर्षहरुमा विपद् घटनाबाट मानविय तथा जनधनको ठूलो क्षति भएको यथार्थलाई हृदयगम गरी विपद्जन्य घटनामा हुने क्षतिलाई न्यूनीकरण गर्न तथा विपद् उद्धार कार्यलाई प्रभावकारी बनाउने प्रदेश प्रहरी कार्यालयको उच्च प्राथमिकता रहेकोले प्रदेश सरकारसँगको सहयोग र समन्वयमा प्रदेश सरकारबाट उक्त सामग्री खरिद गरी प्राप्त भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

कपिलवस्तु । कृष्णानगर-१, शिवानगरमा *श्री देवी विद्या पीठ मा.वि.का विद्यार्थीहरूले आज राजमार्ग बन्द गरेका छन्। स्कूलका विद्यार्थीहरु सडकमा ओर्लिने पछाडि सामान्यतया ३-४ वटा कारण हुन्छन्: शैक्षिक माग शिक्षक अभाव, पुराना भवन, प्रयोगशाला/कम्प्युटर ल्याब नहुनु, छात्रवृत्तिको समस्या राजमार्ग नजिकै स्कूल हुँदा जेब्रा क्रसिङ, स्पिड ब्रेकर, ट्राफिक प्रहरीको माग। बागबजारमा हामीले ट्राफिक सचेतनाको कुरा गर्यौं नि, विद्यार्थीको […]

काठमाडौं । जब कुनै व्यक्ति आफ्नै अस्तित्वलाई विस्मृत गर्दै संस्था वा विचारलाई जीवन समर्पित गर्छ, तब उसको जीवन व्यक्तिगत होइन, ऐतिहासिक हुन्छ। तर यदि त्यस्तो समर्पणको अन्त्यमा संगठन कमजोर, दिशाहीन र निष्क्रिय रहन्छ भने, त्यो केवल असफलता होइन एक दार्शनिक शून्यता हो। नेतृत्वको सार केवल पदमा होइन, परिणाममा निहित हुन्छ। यदि कुनै पार्टी वा संस्था, […]

error: Content is protected !!