२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

आनलाइन पद्धतिबाट राजस्व उठाउन सुरु पहिलो करदाता नगरप्रमुख

Logo
प्रकाशित शुक्रबार, साउन ०२, २०७७


एबिसी संचार
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाले यश आर्थिक बर्षदेखि राजस्व असुली अनलाईन प्रणालिबाट सुरु गरेको छ ।
जिल्लाका केही नगरपालिकाले अनलाइन माध्यमबाट राजस्व संकलनमा पहिलेनै जाेड दिएका छन ,कृषणनगर नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ देखि सबै वडा र केन्द्रसमेतमन उठ्ने राजस्व आनलाइन हुने प्रमुख
प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डांगीले बताउनुभयाे । यस नगरका प्रत्येक शाखा र वडा कार्यालयलाई कागज मुक्त बनाएर प्रविधिको प्रयोगसंगै बर्षेनी ५ कराेडभन्दा बढी राजस्व उठाउन सकिने अधिकृत डांगीले दाबी गरेका छन ।
विहिवार नगरपालिकामा आयोजित अनलाइन प्रणाली समुद्घाटन कार्यक्रममा सबै वडामा साउन १ गतेदेखि अनलाइन प्रणालीमै राजस्व बुझ्ने र बुझाइएकाे रकम स्वयं हेर्न मिल्ने अधिकृत डांगीले बताए ।
आर्थिक प्रशासनमा पारदर्शिता भए नगरपालिकाकाे स्राेत बढ्छ र जनताले आपेक्षा गरेका बिकास सम्भव हुने नगरप्रमुख रजत प्रताप शाहकाे भनाई हो । सबै व्यवसायी, जग्गाधनि र संघसंस्थालाई नगरभित्रका बिकासमा टेवा पुर्याउन राजस्व जमा गर्न आग्रह गर्दे पहिलाे करदाताका रुपमा नगरप्रमुखकाे श्रीमती चन्द्रकान्ता सिंहकाे नाममा रहेकाे फर्मले पचीस सय नविकरण शुल्क र बीस हजार राजस्व तिरि उद्घाटन गरिएकाे थियाे ।
कार्यक्रमका वक्ताहरुले केही जनशक्तिहरुमा सुचनाप्रविधि बारे जानकारी नरहेकाेले नगरपालिका सबै कार्य प्रविधिमैत्री गर्न नसकेकाे अवस्थामा दक्षता बढाउन आवश्यक तालिमा संचालन गरि सुचना प्रविधिलाई आत्मसात गरि लाग्ने वक्तव्य राखेका थिए । दुई घण्टासम्म चलेकाे साे अनाैपचारिक प्रशिक्षणमा कार्यपालिका सदस्यहरु, वडा सचिव, शाखा प्रमुखहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!