२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँके ट्राफिकले आर्थिक बर्षमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

महेन्द्र सिंह
बाँके कोहलपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा २३ हजार ७ सय ४३ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट ३७ लाख ७४ हजार ५ सय जीपकारबाट २५ लाख ४० हजार ५ सय, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ सय, बसबाट २० लाख ७४ हजार ५ सय, ट्रयाक्टरबाट १५ लाख १४ हजार ५ सय, टेम्पोबाट २ लाख ९९ हजार र अन्य सवारी साधनको कारबाहीबाट २ लाख ८८ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताउँछन् ।
उक्त अवधिमा ६ हजार ९ सय ५२ ट्रक, चार हजार ९ सय ८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८ सय ७० मोटरसाइकल, दुई हजार ७ सय ६२ ट्रयाक्टर, ५ सय ४७ टेम्पो र ५ सय ४६ अन्य सवारी साधन कारबाहीमा परेको उनी बताउँछन् ।
औषतमा दिनभन्दा सबैभन्दा बढी शुक्रबार सवारी दुर्घटना हुने गरेका छन् । बाँकेमा गत आवमा १ सय ९१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २ सय ५४ सवारी संलग्न रहेका छन् । उक्त अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा ६ बालक, ३ बालिका, १२ महिला र ५२ जना पुरुष रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
यस्तै ५ बालिका, ११ बालक, ३२ महिला र १ सय १० पुरुष गरी १ सय ५८ जना गम्भीर घाइते भएका थिए । ३ बालिका, ८ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भएका थिए । सवारी दुर्घटनामा ४० वटा पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० वटा मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ वटा जीपकार, २३ वटा बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, ७ माइक्रो, ४ टिपर र १ वटा अन्य सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । गम्भीर खालका दुर्घटनाको दर पनि उच्च छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!