२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

बाँके ट्राफिकले आर्थिक बर्षमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७


महेन्द्र सिंह
बाँके कोहलपुरमा गत आर्थिक वर्ष २०७६/०७७ मा २३ हजार ७ सय ४३ सवारी साधन कारबाहीमा परेका छन् । उक्त कारबाहीमा एक करोड २९ लाख ६९ हजार राजस्व संकलन भएको छ । जसमा ट्रक कारबाहीबाट ३७ लाख ७४ हजार ५ सय जीपकारबाट २५ लाख ४० हजार ५ सय, मोटरसाइकलबाट २२ लाख ८५ हजार ५ सय, बसबाट २० लाख ७४ हजार ५ सय, ट्रयाक्टरबाट १५ लाख १४ हजार ५ सय, टेम्पोबाट २ लाख ९९ हजार र अन्य सवारी साधनको कारबाहीबाट २ लाख ८८ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र बम बताउँछन् ।
उक्त अवधिमा ६ हजार ९ सय ५२ ट्रक, चार हजार ९ सय ८१ जीपकार, चार हजार २९ बस, तीन हजार ८ सय ७० मोटरसाइकल, दुई हजार ७ सय ६२ ट्रयाक्टर, ५ सय ४७ टेम्पो र ५ सय ४६ अन्य सवारी साधन कारबाहीमा परेको उनी बताउँछन् ।
औषतमा दिनभन्दा सबैभन्दा बढी शुक्रबार सवारी दुर्घटना हुने गरेका छन् । बाँकेमा गत आवमा १ सय ९१ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा २ सय ५४ सवारी संलग्न रहेका छन् । उक्त अवधिमा ७३ जनाको मृत्यु भएको छ । जसमा ६ बालक, ३ बालिका, १२ महिला र ५२ जना पुरुष रहेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
यस्तै ५ बालिका, ११ बालक, ३२ महिला र १ सय १० पुरुष गरी १ सय ५८ जना गम्भीर घाइते भएका थिए । ३ बालिका, ८ बालक, २० महिला र ९१ पुरुष गरी १२२ जना सामान्य घाइते भएका थिए । सवारी दुर्घटनामा ४० वटा पशुचौपाया पनि घाइते भएका छन् । गत आवमा सबैभन्दा धेरै १३० वटा मोटरसाइकल दुर्घटना भएका छन् भने ३३ वटा जीपकार, २३ वटा बस, १९ ट्रक, १३ साइकल, १२ टेम्पो, १० ट्रयाक्टर, ७ माइक्रो, ४ टिपर र १ वटा अन्य सवारी दुर्घटना भएका छन् । ट्राफिक प्रहरी निरीक्षक बमका अनुसार मादक पदार्थ सेवनबाट सबैभन्दा धेरै सवारी दुर्घटना भएका छन् । यात्रुको गल्ती, तीव्र गति र ओभरलोड, यान्त्रिक गडबडी, सडकको अवस्था र पशुचौपायाका कारण सवारी दुर्घटना भएका छन् । गम्भीर खालका दुर्घटनाको दर पनि उच्च छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!