२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

बाँके प्रहरीले रगतको अभाव हुन नदिन रक्तदान गरे

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

महेन्द्र सिंह बाँके जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक सेवा केन्द्र, बाँकेको आयोजनामा ९८ जना प्रहरीसहित एक सय एक जनाले रक्तदान गरेका हुन् । एसपी ओमबहादुर रानाले रगत अभावमा कसैको पनि ज्यान नजाओस् भनेर प्रहरीले रक्तदान गरेको बताउनुभयो ।
गणेशमानचोकस्थित प्रहरीको लागु औषधविरुद्ध निशुल्क परामर्श केन्द्रमा आयोजना गरिएको रक्तदानको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा सामुदायिक सेवा केन्द्रका शशी स्वाँरलगायतले बोल्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]