२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

नेकपा विप्लवद्वारा कोहलपुर बिबाद जग्गा कब्जाको घोषणा

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

एबिसी संचार
बाँकेको कोहलपुर नगरपालिका वडा नं ४ स्थित किरणनालाको विवादित जग्गा नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध जनसरकारले कब्जामा लिएको घोषणा गरेको छ।
विप्लवसम्बद्ध थारुवान स्वायत्त जनपरिषद नेपाल, बाँकेले करोडौ मुल्य पर्ने करिब ६ बिगाह सरकारी जग्गामा ब्यानर टासेर जग्गा आफ्नो नियन्त्रमा भएको वताएको छ । जग्गा कब्जामा लिए संगै केही समयदेखी बिबादमा रहदै आएको यस जग्गा बिवादले अब नया मोड लिने आकलन गरिएको छ ।
बाँके जिल्ला स्थित कोहलपुर ४ किरण नालाको पुर्व पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको करोडौं मूल्य पर्ने राज्यको सार्वजनिक ६ बिघा जमिन कित्ता नम्बर ७७, ७८ र ७९ लाई भुमाफियाहरुको गिरोहले सत्ताको पहुँच र पावरको आधारमा गरिएको लुटखसोटप्रति आफ्नो जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको बताउदै विभिन्न किसिमका लुटतन्त्र, दलालतन्त्र र माफियातन्त्र नै हाम्रो जनसत्ताको निशाना भएकाले सत्ताको केन्द्रीय नीति अनुसार नै यस सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
आईतवार उक्त पार्टी सम्वद्ध थारुवान स्वाय जनपरिषद नेपाल बाँकेले एक विज्ञप्ति जारी गरेर उक्त जग्गा आफ्नो सत्ताले नियन्त्रणमा लिएको कुरा पुष्टि गरेको छ । जिल्ला जनपरिषद बाँकेका प्रमुख परिबर्तनले एक विज्ञप्ति जारी गरेर उक्त कुराको पुष्टि गरेका हुन् ।
सत्ताको पहुँच र पावरमा भुमाफियाहरुको गिरोहले सार्वजनिक जग्गामाथी गरेको लुटखसोटप्रति जनसत्ताको गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला परिषद बाँकेले त्यसको भत्सर्ना समेत गरेको छ । साथै जिल्लामा विभिन्न भुमाफिया गिरोहहरुले जनविरोधी गतिविधि संचालन गरीरहेकाले जनसत्ताद्धारा त्यसको सुक्ष्म अध्ययन तथा अनुसन्धान भईरहेको समेत प्रेस वक्तब्यमा उल्लेख गरीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारत–नेपाल सीमावर्ती बजार रुपैडिहास्थित आदर्श प्रहरी चौकीभ्ब कोतवाली रुपैडिहामा आज एक विशेष शान्ति समितिको बैठक सम्पन्न भएको छ। क्षेत्राधिकारी (सीओ) नानपाराको उपस्थिति तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने र सबै पक्षबाट सहयोग लिने विषयमा जोड दिइएको छ। मुख्य छलफलका बुँदाहरू: * महाशिवरात्रि तयारी: […]

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

error: Content is protected !!