११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

नक्कली नोट सहित ३ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

राहुल गुप्ता, बारामा लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले निजहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा निजहरूलाई नियन्त्रणमा लिई निजहरूको शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने क्रममा निजहरूको साथबाट क्रमश: नक्कली जस्तो देखिने नेपाली नोट १०००/- दरको १४६५ थान, १००/- दरको ७४६ थान, नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, ५०/- दरको ७०६ थान सहित पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको ।
निम्न:-
१ जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा नं. ६ बस्ने छठु प्रसाद कुशवाहाको छोरा वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा ।
२.ऐ.सिम्रौनगढ नगरपालिका वडा नं.५ बस्ने जोगिन्द्र साह तेलीको छोरा वर्ष २६ को मनोज कुमार साह तेली।
३. भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने रामविश्वाश प्रसाद कुशवाहाको छोरा वर्ष २५ को सुधिर कुमार कुशवाहा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!