२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पहिरो र आगलागिमा ज्यान गुमाउने तीनजना परिवारलाई एकएक लाख राहात वितरण

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

मनोज डागी
जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले आठबीसकोट नगरपालिका ३ रेझेखोलामा पहिरोमा परी ज्यान गुमाउने दुई जना र सोही वडाको स्यालाखदीमा आगलागिमा ज्यान गुमाउनेका परिवारलाई राहात उपलब्ध गराउने निर्णय गरेको हो ।
गत जेठ ३ गते स्यालाखदीमा डण्डे बोहराको घरमा आगलागि हुँदा ३६ वर्षिया श्रीमति लाली बोहराको मृत्यु भएको थियो । त्यस्तै असार २६ गते रेझेखोलामा तुलवहादुर दमाईको घर पहिरोले पुर्दा उहाँकी श्रीमति २८ वर्षिया सीता दमाई र छोरा ६ वर्षिय हाविल परियारको मृत्यु भएको थियो ।
प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड (छैटौं संशोधन) २०७४ अनुसार प्रति मृतक एक लाखका दरले राहात उपलब्ध गराउने निर्णय भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले बाढी र पहिरोका कारण उच्च जोखिममा रहेका ठाउँका नागरिकलाई अस्थायी रुपमा स्थानान्तरण गर्नुपर्ने अवस्था आएमा स्थानीय तहको समन्वय र सहकार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले हालसम्म जिल्लामा बाढी र पहिरोका कारण पूर्णरुपमा घर क्षति भएका २४ परिवारलाई प्रदान गरिएको राहत रकम दुई लाख १८ हजार रुपैंयालाई अनुमोदन पनि गरेको छ । समितिको सिफारीसमा खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयबाट प्रदान गरिएको तीन सय ३३ थान तारजालीलाई समेत बैठकले अनुमोदन गरेको छ ।
पछिल्लो समय जिल्लामा आंशिक रुपमा भित्रिएको सलह किराले क्षेति गरिरहेकाले यसको रोकथाम र नियन्त्रणका लागि सरोकारवाला विचमा समन्वय बढाई प्रभावकारी रुपमा खट्ने, खटाउने र कोभिड–१९ का कारण जिल्लामा विदेशबाट फर्किनेहरुको संख्या उल्लेख्य रहेकाले तिनिहरुको निगरानी गरी प्रभावकारी व्यवस्थापन गर्ने र सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन आवश्यक समन्वय र सहजिकरण गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]