१६ साउन २०८२, शुक्रबार
01-08-2025 , Fri
×

दुध बोक्ने भाडामा सुर्तीजन्य तस्करी

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

महेन्द्र सिंह बाँके लकडाउनको बेला सुपरपावर सुर्तीको तस्करी बढेको छ । जिल्लाको पूर्वी नाकाबाट सुपरपावर सुर्ती, पानको पात भित्रिरहेको पाइएको छ । प्रहरीले बरामद गरेको तथ्यांकले पनि त्यस्तो देखाइरहेको छ ।
इलाका प्रहरी कार्यालय, कम्दीले धेरै मात्रामा सुर्ती र पानको पात बरामद गरेको छ । दूधको भाडो, चाउचाउको बोकेको गाडी या भिर्ने झोलामा सुर्ती र पानको पात बोक्ने गरिएको छ । कम्दी प्रहरीले सोमबार पनि दुई सय पोका सुर्ती र चार सय पत्ता पानको पात बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो । युपी ४६ एफ ३४३८ नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिले कालो भिर्ने झोलामा राखेर सुर्ती र पानको पात ल्याइरहेका थिए ।
प्रहरीले बरामद गरेको सामाग्री, मोटरसाइकल र चालकलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीले आफ्ना अनलाइन सेवा प्रयोगकर्ताका लागि ठूलो सुविधा ल्याएको छ। अबदेखि नेपाल प्रहरीको डोमेन तथा उप-डोमेनमार्फत सर्वसाधारणलाई प्रदान गरिने अनलाइन सेवाहरू नेपाल टेलिकम (एनटीसी) र एनसेल आजियाटा लिमिटेडको मोबाइल तथा इन्टरनेट नेटवर्कमार्फत निःशुल्क प्रयोग गर्न सकिने भएको छ। नेपाल प्रहरीका अनुसार अब शून्य ब्यालेन्स भएको अवस्थामा पनि नागरिकहरूले प्रहरीका डिजिटल सेवा सहज […]

बाँके । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार उक्त अवधिमा जम्मा २९ अर्ब १५ लाख ५९ हजार ७३६ रुपियाँ राजस्व सङ्कलन गरिएको हो। प्रमुख भण्डारीका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ९४ करोड १३ लाख ६५ हजार ३६४ रुपियाँराजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आर्थिक वर्षमा ३ अर्ब ६ करोड १ […]

काठमाडौँ । महाराजगन्जको साम्बाला होटलमा जन्मदिन मनाउन भेला भएका चक्रे मिलन (मिलन गुरुङ) र उनका सहयोगी गएराति पक्राउ परे । पक्राउ पर्नेमा मिलन र उनका सहयोगी राहुल खड्का सहित ४७ जना छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिनअघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको […]

error: Content is protected !!