२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दुध बोक्ने भाडामा सुर्तीजन्य तस्करी

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

महेन्द्र सिंह बाँके लकडाउनको बेला सुपरपावर सुर्तीको तस्करी बढेको छ । जिल्लाको पूर्वी नाकाबाट सुपरपावर सुर्ती, पानको पात भित्रिरहेको पाइएको छ । प्रहरीले बरामद गरेको तथ्यांकले पनि त्यस्तो देखाइरहेको छ ।
इलाका प्रहरी कार्यालय, कम्दीले धेरै मात्रामा सुर्ती र पानको पात बरामद गरेको छ । दूधको भाडो, चाउचाउको बोकेको गाडी या भिर्ने झोलामा सुर्ती र पानको पात बोक्ने गरिएको छ । कम्दी प्रहरीले सोमबार पनि दुई सय पोका सुर्ती र चार सय पत्ता पानको पात बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले बताउनुभयो । युपी ४६ एफ ३४३८ नम्बरको मोटरसाइकलमा रहेका व्यक्तिले कालो भिर्ने झोलामा राखेर सुर्ती र पानको पात ल्याइरहेका थिए ।
प्रहरीले बरामद गरेको सामाग्री, मोटरसाइकल र चालकलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]