१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

दाङ ट्राफिकले नियम उल्लंघन गर्ने ३७ हजार ४ सय ६३ सवारी साधनहरु कार्वाहीमा

Logo
प्रकाशित मंगलबार, साउन ०६, २०७७

सागर थापा
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले सोमबार पत्रकार सम्मेलन गरेर अघिल्लो बर्षको तुलनामा क्षति कम भएको जानकारी दिएको हो ।
वितेको आर्थिक बर्षमा २ सय ५७ वटा सवारीका सधान दुर्घटना हुन ७१ जनाको मृत्यु र ३ सय ४५ जना घाईते भएको दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक प्रेम रेग्मीले जानकारी दिनुभएको छ । अघिल्लो आर्थिक बर्ष २०७५/७६ मा २ सय ५१ वटा सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु र ४ सय २३ जना घाईते भएका थिए ।
चालकको लापर्वाही, यात्रुको कमजोरी, सडकको दुराअबस्था, यान्त्रीक गडबडी र ट्राफिक नियमको पालना नगर्दा दुर्घटना न्यूनिकरणमा समस्या भएको रेग्मीको भनाई छ । एक बर्षमा ट्राफिक नियम उल्लंघन गर्ने ३७ हजार ४ सय ६३ सवारीका साधनलाई प्रहरीले कार्वाही गर्दा २ करोड ३० लाख ७३ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।
यसैविच ट्राफिक प्रहरीले अब जहाँतही पार्किङ गर्ने सवारीका साधनलाई ह्वील लकर गर्ने जनाएको छ । जहाँतही पार्कीङ गरेका गाडीको टायरलाई कल गर्ने उदेश्यले १० वटा ह्वील लकर ल्याएको दाङ ट्राफिक प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
सवारी साधन दुर्घटना रोक्न र सवारी साधन तथा बजारको उचित व्यवस्थापन सबैको जिम्मेवारी भित्र पर्ने भएकोले । ट्राफिक नियमको पालना गर्न सबैलाई जिल्ला ट्राफिक दाङका ट्राफिक प्रमुख रेग्मीले आग्रह समेत गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!