०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पहिरोले धादिङको पृथ्वीराजमार्ग अबरुद्ध बाटो निर्माण कार्य जारी

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

एबिसी संचार
काठमाडौं धादिङ अविरल वर्षापछि पहिरो अवरुद्ध पृथ्वी राजमार्ग अझैँ अवरुद्ध छ । लगातारको वर्षापछि सोमबार आएको बाढीपहिरोले धादिङ र चितवनको सिमानामा पर्ने मौवाखोलाको पुल बगाउँदा आवागमन पूर्ण बन्द भएको छ ।
वर्षाका कारण उर्लिएको खोलाले धादिङतर्फ पुलको ढलानसँग जोडिएको सडक बगाएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन प्रभावित भएको छ भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन् । खोलाले पुल र सडक जोड्ने १२ मिटर भाग भत्काएको छ । खोलाले भेलले भत्काएको भागमा सडग डिभिजन कार्यालयले नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भर्ने काम गरिरहेको छ ।
डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्ण अधिकारीका अनुसार नेपाली सेना र सडक विभागका प्राविधिक लगायतका जनशक्ति ग्याबिन जाली भर्ने काममा लागिरहेका छन् । काममा कुनै समस्या नआए बिहीबार बेलुकीसम्ममा राजमार्ग खुल्न सक्ने प्राविधिकहरु बताउँछन् । अहिले नेपाली सेनाका ५० र सडक विभागका झण्डै १०० जना जनशक्ति उक्त पुलमा जाली भर्ने काममा सम्लग्न छन् ।
राजधानी जोड्ने प्रमुख मार्ग भएकाले सवारी चापलाई मध्यनजर गर्दै सक्दो छिटो सडक खुलाउन काममा तिब्रता दिइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताउनु भएको छ । अधिकांश ठूला मालबाहक सवारी साधनहरुले काठमाडौं जान यही सडकखण्ड प्रयोग गर्दछन् । लकडाउनले यात्रुबहाक सवारी नचलेपनि दैनिक आवातजावत गरिरहेका ठूलामालबाहक र नीजि सवारीसाधन अलपत्र परेका छन् । बाढीपहिरोले राजमार्ग छेउछाउका घर, पसल, अस्थायी प्रहरी चौकी, सवारीसाधन र सडक नै बगाएको छ ।
पृथ्वीराजमार्ग क्षेत्रमा ११ वटा ठुला र ५० भन्दा बढी साना पहिरोहरु छन् । पानी पर्न कम भएपछि पुलको डाइभर्सन बनाउन र ठाउँठाउँमा गएको पहिरो पन्छाउने काम भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
पृथ्वीराजमार्गको हुग्दीखोला, मौवाखोला, जवाङखोला आसपास क्षेत्र, बादरेखोला, बैरेनी, चालिसे, फूर्केखोला, छहरे लगायतको क्षेत्रमा राजमार्ग भन्दा माथिबाट पहिरो र लेते आएर थुप्रिएका कारण राजमार्ग अवरुद्ध मार्ग भने एकातर्फी खुलाइएको छ । सदरमुकाम प्रवेश गर्ने कालुपाण्डे मार्गमा सडक भासिनाले मालबहाक गाडीहरु आवत जावत हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!