२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपाल प्रहरीका ७९६ जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एबिसी क्राईमबिट
काठमाडौँ नेपाल प्रहरीका ७९६ जना प्रहरी जवानहरु प्रहरी हवल्दारको लागि बढुवा सिफारिसमा परेका छन् ।
बुधबार मध्यरातमा बढुवा सुची प्रकाशित गर्दै प्रहरी प्रधान कार्यालयले ७९६ जवानलाई प्रहरी हवल्दारमा बढुवाको लागि सिफारिस गरेको हो । बुधबार बिहानैदेखि बसेको बढुवा समितिको बैठकले उक्त बढुवाको सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शैलेस थापा क्षेत्री प्रहरी महानिरीक्षक नियुक्त भएलगत्तै करिब एक बर्षदेखि रोकिएको प्रहरी हवल्दारमा बढुवाको लागि प्रक्रिया शुरु भएको थियो ।
हेर्नुहोस बढुवा सिफारिस सूची :

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]