२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

भारतीय सीमा नाका बन्द नै राख्न नागरिक अगुवा हरुको दबाव

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७


महेन्द्र सिंह
बाँके सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन खोलेसँगै नेपाल भारत सीमा नाका अझै केही महिना बन्द नै राख्न बाँकेका नागरिक अगुवाहरूले दबाव दिएका छन् । पछिल्लो समयमा नेपालमा कोरोना सङ्क्रमित घट्दै गएको भए पनि भारतमा भने अत्यधिक तीव्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरूले बताएका छन् ।
नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा सङ्क्रमण भेटिरहेकोले आगामी छ महिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताए । उनले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पुर्याउने हो भने सीमावर्ती जिल्लाहरूमा कोभिड–१९ को भयावह रुप देखिन सक्ने तर्क गरे ।
यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तीव्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताए । उनले सिमानामा अझै पनि जन्तीको आवागमन भइरहेको तथा बिना कुनै आवश्यक काम पनि मानिसहरू आउने–जाने भइरहेकोले सो पनि रोक्नुपर्ने माग गरे ।
श्रेष्ठले भारतबाट आउनेहरूलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनुपर्ने माग गर्दै सिमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताए । उनले भारतबाट आउनेले कोरोना परीक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सिमाना बन्द राखिनु नेपालको हितमा हुने बताए ।
अर्का स्थानीय दीपक पौडेलले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिए पनि नेपाल भारत सिमाना अझै छ महिनाभन्दा बढी खोल्न नहुने भन्दै देशभित्रै पनि सामाजिक दूरी र मास्कमा कडाइ आवश्यक रहेको बताए । बन्दाबन्दीलाई समाप्त पारिएझैँ नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाहरुको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!