१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

नेपालगन्जका मजदुरलाई पीसीआर जाँच

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्जको त्रिभुवनचोक विहान मजदुरको ठूलो संख्या जम्मा हुने गर्दछ । त्यही मजदुरलाई लक्षित गरेर बिहीबार पीसीआर जाँचका लागि स्वाव संकलन गरिएको छ ।
कसौधन बैश्य समाज र रेडक्रसको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । ठूलो संख्यामा जम्मा भएका मजदुरमध्ये ‘केही’ले स्वाव दिएका छन् । केही भने स्वाव दिनतिर नलागेर काम लगाउने मान्छे आउँछ कि भनेर हेरिरहेका थिए ।
कसौधन बैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले माइकमा पीसीआर जाँचका लागि बोलाइरहेका थिए । ‘बाहिर जाँच गर्दा साढे पाँच हजार लाग्छ, अहिले निशुल्क जाँच गर्नुस्’ अधिकारीहरुले मजदुरलाई भनिरहेका थिए ।
नेपालगञ्जमा ‘पहुँचवाला’को मात्रै पीसीआर जाँच भएको गुनासो गरिएपछि जिल्ला स्वास्थ्य कार्यालयले मजदुरलाई लक्षित गरेर स्वाव संकलन गरेको थियो । स्वाव संकलनस्थलमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ पनि देखिएका थिए ।
कामका लागि विहान चोकमा जम्मा हुने मजदुरसँगै आसपासका दोकान र घरमा बस्नेहरुले स्वाव दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले ३ सय ६५ जनाको नाम दर्ता गरेकोमा १ सय ३० जनाको स्वाव लिइएको जानकारी दिनुभयो ।
बाँकेमा दश हजारबढीको पीसीआर जाँच गरिसकिएको छ । नौ हजार बढीको आरडीटी जाँच गरिएको छ । ३ सय ९६ जना संक्रमित भएका छन् । निको हुन बाँकी २४ जना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!