३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

दाङ ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न बिभिन्न स्थानमा सचेतना वोर्ड राखियो

Logo
प्रकाशित शुक्रबार, साउन ०९, २०७७

सागर थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले शुक्रबार दुर्घटना न्यूनीकरण गर्न राप्ती लोकमार्ग अन्तर्गत विभिन्न स्थानमा ट्राफिक सचेतना वोर्ड राखिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्नकालागि शुक्रबार बिभिन्न स्थानमा ट्राफिक सचेतना वार्ड राखिएको हो ।
दाङ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रेम रेग्मी सिनियर हवलदार टेकबहादुर कुसारीसहितको टोलीले सल्यान र दाङको सीमानामा समेत बोर्ड राखेको छ ।
साँघुरो सडक, खाल्डाखुल्डी, बिभिन्न स्थानमा घुम्ती भएकाले दुर्घटना हुन सक्ने भन्दै सचेतना वोर्ड राखिएको हो । थ्री जी कनस्ट्रक्सन प्रालिका सञ्चालक आशिष मल्ललगायतका संस्थाले बोर्ड सहयोग गरेका थिए ।
उक्त बोर्डहरु अस्थायी प्रहरी कार्यालय गोठीखोलामा एक कार्यक्रम गरि मल्लले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव वबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा डिएसपी सिंहले तुलसीपुर क्षेत्रमा दुर्घटना न्यूनिकरणकालागि अभियान सञ्चालन गरेको बताए । ह्वील लकदेखि बिभिन्न अभियान अघि बढाएको उनको भनाई छ । त्यस अवसरमा बक्ताहरुले राप्ती लोकमार्ग साघुँरो हुँदा दुर्घटनाको जोखिम बढेकाले यो अभियान जारी गरेको तुल्सीपुर ट्राफिक प्रमुख चन्द्र केसीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!