२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

२० लाख हुण्डीको कारोबार गर्ने रकमसहित पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

एबिसी क्राईमबिट
काठमाडौं महानगरीय अपराध महाशाखाले १९ लाख ९१ हजार रुपैयाँसहित अबैध रुपमा हुण्डीको कारोवार गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भई हाल काठमाडौं २९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने छन् । न्यौपाने हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी हुन् ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार काठमाडौँ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित महाशाखाको विशेषज्ञ टोलिले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका न्यौपानेले भाइबरमार्फत हुण्डी कारोबार गर्ने गरेको विवरण फेला परेको एसएसपी थापाले बताए । न्यौपानेलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!