२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

२० लाख हुण्डीको कारोबार गर्ने रकमसहित पक्राउ

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७


एबिसी क्राईमबिट
काठमाडौं महानगरीय अपराध महाशाखाले १९ लाख ९१ हजार रुपैयाँसहित अबैध रुपमा हुण्डीको कारोवार गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्याङजा कालिगण्डकी गाउँपालिका-५ घर भई हाल काठमाडौं २९ सामाखुसी बस्ने ४० वर्षीय ढुण्डीराज न्यौपाने छन् । न्यौपाने हाम्रो गण्डकी इन्टरप्राइजेज न्युरोडका कपडा व्यापारी हुन् ।
महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार काठमाडौँ विशाल बजारमा शंकास्पद रूपमा हिडिरहेका न्यौपानेलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्ने क्रममा स्रोत नखुलेको उक्त रकमसहित महाशाखाको विशेषज्ञ टोलिले उनलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका न्यौपानेले भाइबरमार्फत हुण्डी कारोबार गर्ने गरेको विवरण फेला परेको एसएसपी थापाले बताए । न्यौपानेलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइने महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!