२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

कमिसन वाफतको रकम बिकासमा लगाउन वडा अध्यक्षको निर्देशन

Logo
प्रकाशित शनिबार, साउन १०, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आ.ब. २०७६।०७७ मा छुट्टाईएको ह्यूमपाईप खरिद शिर्षकको ?. ४,२५,०००(चार लाख पच्चीस हजार) रकमको कमिसनबाट आएको ?. ७५,०००(पचहत्तर हजार) बिकासमा नै प्रयोग गरि जनप्रतिनिधिह?ले कमिसन खान्छन् काम गर्दैनन् भन्ने कुरालाई गलत साबित गरिदिएको छ ।
बिभिन्न जनमूलक कामह? गर्दै आएको तुलसीपुर वडा नं –१८ ले फेरी जनताह?को लागी यो एउटा नयाँ कार्य गरेको हो । दाङकै कान्छा वडा अध्यक्ष माधव वलीले जनताह?को मर्म र पिडालाई बुझ्दै गाउँ–गाउमा बिकास गर्ने र वडाबासीह?लाई कसरी खुसी बनाउने भन्ने बारेमा नै दिनरात सोचिरहेको बताउदै ह्यूमपाइप खरिदबाट कमिसन आएको रकम ह्यूमपाईप खरिदमा नै लगाई गाउँ–गाउमा बिकास गर्ने बताउनु भयो ।
साबिकका ५ वटा वडाह?को एक?प तुलसीपुर वडा नं १८ ले यो बर्षपनि गतबर्ष झैँ बिकासलाई गती दिदैँ बिभिन्न योजनाह? बनाईरहेको छ । युवा वडा अध्यक्ष वलीले ५ बर्ष भित्र यस वडालाई नेपालकै नमुना वडा बनाउनका लागी आबश्यक गृहकार्य गर्दै आउनु भएको छ । साथै उहाँले कमिसन तन्त्रको अन्त्य गर्नका लागी जनप्रतिनिधि र कर्मचारीले कुनै पनि आस र प्रलोवनमा नपरी कार्य गर्नुपर्ने र र्याल काडेर बस्ने प्रबृद्धिको अन्त्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । जनताह?को पैसा जनताह?को बिकासका लागी लगाउनु पर्ने भन्दै रानीबन क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन र दाङलाई नै संसारभर चिनाउनका लागी यी र यस्ता धेरै कामह? भईरहेको बताउनु भयो ।
वडा नं १८ को मात्रै नभएर सम्पुर्ण दाङकै पक्षमा सकारात्मक कुराह?लाई र बिकासका कुराह?लाई सम्पन्न गर्नका लागी आवाज उठाउदै आएको बताउनु भयो । यसरी कमिसन वाफत आएको रकमह? बिकासमा नै लगाउदै जाने वडा अध्यक्ष वलीले प्रतिवद्धता समेत गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]