२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

इलाका प्रहरी कार्यालय कृष्णनगर को सक्रियता , १ लाख ६८ हजार बराबरको अवैध चल्ला नष्ट

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

अजय मिश्र, कृष्णनगर, अषाढ ११
कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको मा कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २२५० चल्ला बरामद गरेको छ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि , भद्र भलादमी,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख ६८ हजार ७५० रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।