२० कार्तिक २०८१, मंगलबार
05-11-2024 , Tue
×

बाँके प्रहरीले चोरीको मोटरसाइकल र सुर्तीजन्य समान सहित ४ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

महेन्द्र सिंह बाँके चोरीको मोटरसाइल, सुर्ती, मेघाश्री, कुकरको वासरसहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो । बाँके प्रहरीका अनुसार, युपी ४० एपी ७१३८ नम्बरको मोटरसाइकलमा तीन बोरा मेघाश्री ल्याइरहेको अवस्थामा नरैनापुरका फरमान अलि मुकेरी पक्राउ परेका छन् । नेपालगञ्ज वडा नं. १ बस्ने कल्लु कुर्मीलाई भे १ स ४३ नम्बरको इरिक्सामा दुई सय पोका सुपरपावर सुर्ती ल्याइरहेको अवस्थामा बिर्तागाउँबाट पक्राउ गरिएको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ७ बस्ने उमेशकुमार दिक्षितलाई भारतबाट प्रेसर कुकरमा प्रयोग हुने वासरसहित कम्दीबाट पक्राउ गरिएको छ । त्यस्तै, बेतहनीका खेम थापाको नाममा रहेको भे ४ प ६१३९ नम्बरको मोटरसाइकल चोरेको आरोपमा अर्जुनकुमार शाहीलाई बसपार्कबाट पक्राउ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो । प्रधानमन्त्रीको सचिवालयले यसअघि जस्तै यस पटक पनि हल्का ज्वरो आएको जनाएको छ । ‘यसअघि पनि उहाँलाई हल्का ज्वरो आएको थियो । यस पटक फेरि सोमबार साँझदेखि हल्का ज्वरो आएको हो ।उहाँको स्वास्थ्यको अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘हिजो सार्वजनिक बिदा […]

  पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले जिकिर लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो […]

  पोखरा । आज मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा म्याद थपबारे बहस सकिएको अदालत स्रातले जानकारी दिएको छ । बहस सकिएपनि म्याद थपबारे निर्णय भने आइसकेको छैन । कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

error: Content is protected !!