०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

रुकुममा ९ किलोअफिमसहित तीनजना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

एबि सि सञ्चार
प्रहरीले अफिम सहित तीन जनालाई पक्राउ गरेको छ । पुथाउत्तरगंगा गाउँपालिका–१२ ओख्मा भल्का नयाँ बजार देखि जामाबगर जाने स्थानबाट शुक्रबार साझँ साढे ५ बजे प्रहरीले प्रक्राउ गरेको हो ।
उक्त स्थानबाट लागूऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिनेश गुरुङको नेतृत्वमा खटिएको प्रहरीले ९ किलो एक सय ग्राम अफिम सहित पुथाउत्तरगंगा गाउँपालिका दुई महिला र एक पुरुष गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुथा–१ मैकोटका ४० वर्षीय अमरजित पुन, सोही ठाउँका ३४ वर्षीया प्रतिभा पुन र वडा नम्बर ५ हुकामका ३५ वर्षीया गाइने कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो ।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको छ ।शुक्रबार पक्राउ परेका तीन जनाविरुद्ध आइतबार लागूऔषध मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराएर अनुसन्धान गरिरहेको डीएसपी बज्राचार्यले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!