२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जिल्ला प्रशासन कार्यालय दाङ ७७ वटै जिल्लामध्य सर्वोत्कृष्ठ

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

सागर थापा दाङ जिल्ला प्रशासन कार्यालय दाङले ए ग्रेड प्राप्त गरी उत्कृष्ट भएको हो । हरेक आर्थिक वर्षको शुरुमै गृह सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच विभिन्न शिर्षकका काम गर्नका लागि अंक तोकिने र त्यसैका आधारमा बितेको आर्थिक वर्षमा दाङ प्रशासनले कार्यसम्पादन राम्रो गरेकोले उत्कृष्ट अंक प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।
साथै उहाँले कार्य सम्पादन उत्कृष्ट बनाउनमा सहयोग गर्नेे सम्पुर्ण कर्मचारीहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू लगायत अन्य कार्यालयका प्रमुख एवं कर्मचारीहरू र सबै सरोकारवालाहरूको सहयोग र सकारात्मक भुुमिकाको लागि धन्यवाद एवं हार्दिक आभार व्यक्त गर्नुभएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]