२४ साउन २०८२, शनिबार
09-08-2025 , Sat
×

अमेरिका डिभी परेको छ बिहे गरेर लैजान्छु भन्दै ठगी गर्ने दुई युवती पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी क्राईमबिट
काठमाडौं अमेरिका लैजाने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जनालाई शुक्रबार महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भक्तपुर रोजभिलेज कोलोनी बस्ने बाग्लुङ काठे गाँउपालिका-२ घर भएका २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसी रहेका छन् ।
घटनाको अनुसन्धान गर्न उक्त महाशाखाबाट खटिएको प्रहरीले विभिन्न व्यक्तिहरुलाई फेसबुक, टिकटकमार्फत फलो गर्ने र आफू अमेरिकाको डिभी परी अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएको, बिहे गरे पश्चात् अमेरिका लैजाने भन्ने प्रलोभन दिई उनीहरुले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको खुलेपश्चात रुपन्देही बुटवलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुले विभिन्न बहानामा पटक/पटक गरी ५ लाख रुपैयाँ ठगी गरेको तथा शर्माले भक्तपुरको एक पीडितको छोरीसँग मितेरी लगाई अमेरिका लैजान्छु भन्ने बिश्वास दिलाई १ लाख ६० हजार रुपैयाँठगी गरेको र निक्की पौडेलको नाममा फेक आइडीबाट फिल्म क्षेत्रका ब्यक्तिहरुलाई समेत आफूसँग बिहे गरेमा अमेरिका लैजाने भनी ठगी गर्न खोजेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।
उनीहरुलाई ठगी मुद्दामा आवश्यकब कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी परिसर काठमाडौंस्थित काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्षको अवलोकन समेत गर्नुभयो । सो अवसरमा गृहमन्त्री लेखकले उक्त परिचालन कक्ष सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो । निरीक्षण पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले काठमाडौं उपत्यका प्रहरी […]

चीन ।“गान्सु क्षेत्रमा अगष्ट ७ देखि लगातार भारी वर्षा भइरहेको छ। अचानक बाढी आएको छ । अगष्ट ८ का दिन अपराह्न ३ः३० बजेसम्ममा बर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भइरहेका छन्,” सरकारी प्रसारक सीसीटीभीले अधिकारीलाई उद्धृत गरी जनाएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले बेपत्ताको उद्धारका […]

रुपन्देही । लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले सडकमा जाँच नगर्न भन्दै प्रहरीलाई थर्काउने क्रम रोकेका छैनन्। ड्युटीमा रहेका प्रहरी कर्मचारीको हुर्मत लिन्छन् प्रदेश सांसद पाण्डेय पाण्डेय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट रूपन्देही क्षेत्र नम्बर ३ को ‘क’ बाट निर्वाचित हुन्। उनी मन्त्री हुनु अघिदेखि नै जाँचका नाममा प्रहरीले भारतीय पर्यटकहरू दुःख दिएको भन्दै […]

error: Content is protected !!