२६ साउन २०८२, सोमबार
11-08-2025 , Mon
×

सशस्त्र प्रहरी बल कृष्णनगर को सक्रियता , ४ लाख ४८ हजार बराबरको अवैध चल्ला नष्ट

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

अजय मिश्र, कृष्णनगर, अषाढ १२
कपिलवस्तु जिल्लामा अवस्थित भन्सार सुरक्षा तथा
सशस्त्र प्रहरी बल ३९ नं गुल्म कृष्णनगर सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने को कमाण्ड मा खटिएको गाडी मोबाइल टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेकोमा कृष्णनगर नगरपालिका वडा नं ६ भिल्मी बाट ५९८१ गोटा चल्ला बरामद गरेको छ।
बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका ३ अवस्थित भन्सार सुरक्षा तथा सशस्त्र प्रहरी बल ३९ नं गुल्म को पछाडि खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि, सशस्त्र प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य ४ लाख ४८ हजार ५७५ रुपया सम्म पर्ने कुरा सोही गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिएका छन्।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी र
समकक्षी सुरक्षा निकाय हरु संग समेत निरन्तर छलफल र संवाद गरि सिमा सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही ले जानकारी दिनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । यही साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । यसबारे प्रहरीलाई जानकारी नै नदिएर दाहसंस्कार गरिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो । यसै […]

काठमाडौं । महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशका, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। सोमबार देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी […]

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भैरहवा कारागारको दयनीय अवस्था र अमानवीय व्यवहारको विरोध गर्दै कारागार स्थानान्तरण र जमानतमा छुट्न माग गरेका छन्। उनले आफूविरुद्ध प्रमाण नभएको दाबी गर्दै २ करोड ७४ लाख रुपैयाँको बैंक ग्यारेन्टी राखेर मुद्दाबाट मुक्त हुन अदालतसँग निवेदन दिएका छन्। २६ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति […]

error: Content is protected !!