२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

दाङमा सालको काठ सहित ११ जना तस्करी पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार
दाङमा पन्ध्र थान सालको चिरान काठ सहित एघार जना काठ तस्कर पक्राउ परेका छन् भने दश जना फरार भएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले जानकारी दिए । राप्ती गाउँपालिका वडा नम्बर ४ देविकोट राष्ट्रिय वनबाट आईतबार राति १२ बजे देविकोटबाट ल्याउन लागेको अवस्थामा पक्राउ गरिएको लमहीका सहायक वन अधिकृत देविप्रसाद चौधरीले जानकारी दिए । देविकोटबाट राति १२ बजे पन्ध्र थान चिरान काठ ल्याउने क्रममा तस्करीले दुईजना भालुवाङ् प्रहरीलाई हातपात समेत गरेको बताईएको छ । उक्त समुहको आक्रमणमा परि प्रहरी घाइते भएको बताईएको छ ।
डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुरी निवासी २५ वर्षिय विरबहादुर वलि, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँ गाउँ जिवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेको डिभिजन वन कार्यालय देउखुरी, लमहीले जनाएको छ । वनपैदावार (साल चिरान काठ) ओसारपोसार सम्बन्धि कसुर अपराधमा अनुसन्धान गरि कारबाही गरिने डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख विडारीले बताएका छन् । सोहि घटनामा सलग्न भएको आरोपमा फरार अन्य दशजनाको खोजी कार्य भईरहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]