२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा सालको काठ सहित ११ जना तस्करी पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

एबिसी संचार
दाङमा पन्ध्र थान सालको चिरान काठ सहित एघार जना काठ तस्कर पक्राउ परेका छन् भने दश जना फरार भएको डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीले जानकारी दिए । राप्ती गाउँपालिका वडा नम्बर ४ देविकोट राष्ट्रिय वनबाट आईतबार राति १२ बजे देविकोटबाट ल्याउन लागेको अवस्थामा पक्राउ गरिएको लमहीका सहायक वन अधिकृत देविप्रसाद चौधरीले जानकारी दिए । देविकोटबाट राति १२ बजे पन्ध्र थान चिरान काठ ल्याउने क्रममा तस्करीले दुईजना भालुवाङ् प्रहरीलाई हातपात समेत गरेको बताईएको छ । उक्त समुहको आक्रमणमा परि प्रहरी घाइते भएको बताईएको छ ।
डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख प्रविण विडारीका अनुसार पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ४ सिमलखुरी निवासी २५ वर्षिय विरबहादुर वलि, सोही ठाउँ निवासी १८ वर्षिय शिशिर शाही, पिपरखुटी निवासी १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, सुन्दरपुर निवासी २७ वर्षिय विष्णु गिरी, नयाँ गाउँ जिवासी १८ वर्षिय राहुल भुषाल, पिपरखुटी निवासी २१ वर्षिय मनोज श्रेष्ठ, राप्ती गाउँपालिका वडा नम्बर ८ सुकुम्वासी गाउँ निवासी २४ वर्षिय दुर्गे थापा, सोहि ठाउँ कहलुवा निवासी १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेको डिभिजन वन कार्यालय देउखुरी, लमहीले जनाएको छ । वनपैदावार (साल चिरान काठ) ओसारपोसार सम्बन्धि कसुर अपराधमा अनुसन्धान गरि कारबाही गरिने डिभिजन वन कार्यालय देउखुरी, लमहीका प्रमुख विडारीले बताएका छन् । सोहि घटनामा सलग्न भएको आरोपमा फरार अन्य दशजनाको खोजी कार्य भईरहेको बताईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!