०४ भाद्र २०८२, बुधबार
20-08-2025 , Wed
×

DIG धानुकले कानुन कार्यान्वयनमा कुनैपनि कम्परमाइज नगर्ने नगर्न कडा निर्देशन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

सागर थापा
दाङ ५. नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले कानुनको कार्यान्वयनमा कुनै पनि कम्परमाइज नहुने नझुक्ने र उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पालाना पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् । एबिसी संचारसङ कुरा गर्दै डिआइजी धानुकले
प्रतेक जिल्लाको प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राही समक्ष प्रहरीले उच्च आचरण र व्यवहार सहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकहरुको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने बताए । साधन स्रोतको उचित प्रयोग गरेर प्रहरीले गर्ने काम कारवाही संचालन गर्न सकेमा आगामी दिनमा संगठनले राम्रो प्रतिफल प्राप्त गर्न सक्ने उल्लेख गर्दै डिआइजी धानुकले छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ सदैव अग्रसर हुनुपर्नेमा जोड दिए । अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा प्रमाणमुखी बनाउनुपर्नेमा जोड दिँदै डिआइजी धानुकले भने अपराध कार्य नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा प्रहरीले समेत समय अनुसार आफूलाई परिवर्तन गर्दै पुलिका नयाँ तरिका र पेशा सम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्छ । हरेक जिल्लाको प्रहरी प्रमुखहरुले समस्याको पहिचान पश्चात् त्यसको समाधानतर्फ अग्रसर भएमा राज्यले अख्तियार गरेको नीति तथा निर्देशनलाई प्रभावकारी ढंगबाट संचालन गर्न सकिने उनले बताए ।
हाल कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुन सक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकता रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले हाम्रा चाडपर्वहरूलाई कम खर्चिलो बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ दाङ शाखा महिला विभागले बुधबार घोराहीमा आयोजना गरेको तीज मिलन कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले चाडपर्वहरू रमाइलो र संस्कृतिको संरक्षणका लागि हो तर अनावश्यक खर्चालु प्रतिस्पर्धाले समाजमा नकारात्मक असर पार्ने बताउनुभयो । “आजभोलि […]

काठमाडौं । सङ्घीय संसद् सचिवालयलाई गराएको छ सभामुख देवराज घिमिरेलाई साउन ३० गते पत्र लेख्दै चौधरीले आफू नै संसदीय दलको नेता रहेको जानकारी गराएकी हुन् । चौधरीले यो पत्रको बोधार्थ निर्वाचन आयोगलाई पनि दिएकी छन् । पत्रमा दलको नेता रहेका गङ्गाराम चौधरीलाई पार्टी र दलको भूमिकामा नरहने गरी कारबाही गरिएको जानकारी गराइएको छ । श्रेष्ठले […]

काठमाडौं । भृकुटीमण्डप पुगेर नाडा अटो शोको अवलोकन गरेका हुन्। त्यसक्रममा प्रचण्ड उड्ने कारमा चडेका थिए। नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’सम्म पर्दशनीमा राखिएको छ। नाडा अटो शोमा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो।

error: Content is protected !!