१० मंसिर २०८३, बिहिबार
26-11-2026 , Thu
×

प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गर्ने ७ जना प्रहरीहरु पुरस्कृत

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

एबिसी क्राईमबिट
काठमाडौँ डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई बिभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनी बमोजिम कारवाही गरीनुका साथै आफ्नो डियुटीमा ईमान्दारीता प्रर्दशन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरीएको छ ।
संक्रमणको जोखिमलाई मध्येनजर गरी नेपाल सरकारबाट भएका विभिन्न निर्णयहरु कार्यान्वयनको लागि नियमित डियुटीमा खटिएका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई सरकारको निर्देशन उलंघन गर्न खोज्नेहरुलाई घुस वापतको रकम सहित पक्राउ गरी कानुनि कार्वाहीको दायरामा ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले ९ जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ जना गरी प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने १० जनालाई नियन्त्रणमा लिई कारवाही गरीएको छ ।
बिशेष गरी सवारी चालकहरुले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दुरुपयोग गरी यात्रु ओसारपसार गर्ने, सवारी दुर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदिजन्य सामाग्री अबैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि डियुटीमा रहेका प्रहरी कर्मचारीहरुलाई ५ सय रुपैमया देखी ५ हजार रुपैंया सम्म रकम दिएर प्रलोभनमा पार्न खोजिए पछि उनीहरुलाई रकम सहित पक्राउ गरीएको हो ।
बिभिन्न मिती र समयमा पक्राउ परेका व्यक्तिहरुलाई कसुर अनुसार सावर्जनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा मुद्धा चलाईएको, संक्रमण रोग ऐन २०२० अनुसार आवश्यक कार्वाहीको लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लघंन गरेको कसुरमा जरिवाना गराईएको छ । आर्थिक प्रलोभनको लागि प्रहरीलाई दिईएको रकम भने अब आईन्दा यस्तो कार्यमा संलग्न नहुने सर्तमा काजग गराई सम्बन्धीत व्यक्तिलाई भरपाई गराई बुझाइएको छ ।
आर्थिक प्रलोभनमा नपरी आफुलाई दिईएको जिम्मेवारि इमान्दारीताका साथ निर्वाह गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोहोत्सान गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयका साथै सम्बन्धीत जिल्ला प्रहरी कार्यालयले नगद पुरस्कार प्रदान गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले यस अगाडीनै एक जना प्रनानि दर्जाको प्रहरी कर्मचारी सहित ४ जनालाई पुरस्कार प्रदान गरीसकेको छ भने सोमबार बागमती प्रदेश प्रहरी कार्यालयले थप ३ जना प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । सोमबार पुरस्कार पाउनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी जवान दुई जना र जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १ जना प्रहरी जवान रहेका छन ।
बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाबाट बिषेश कार्ययोजना बनाई मातहत कार्यालयहरुलाई सोही अनुरुपको कार्य सम्पादन गर्न निर्देशन भएसंगै प्रहरी कर्मचारीहरुबाट सम्पादन हुने कार्यमा पार्दर्शीता र इमान्दारीता देखिन थालेको छ ।
प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले कार्यभार सम्हाले पछि उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै अभिलेखमा जनिने गरी पुरस्कार प्रदान गर्न शुरुवात गरीएकाले त्यसको सकारात्मक प्रभावका कारण मातहत प्रहरी कर्मचारीहरु वीच इमान्दारीता पुर्वक कार्य सम्पादन गर्न प्रतिस्पर्धाको वातावरण सृजना भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य जगदीश प्रसाद वैश्य राष्ट्रिय जनमत पार्टीमा प्रवेश गर्नुभएको छ। आज मिति २०८३/०८/०९ गते नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न व्यक्तित्वहरू राष्ट्रिय जनमत पार्टीमा प्रवेश गरेका छन्। *प्रवेश गर्नुहुनेहरू – जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य *जगदीश प्रसाद वैश्य* – जसपा परित्याग गरी राष्ट्रिय जनमत पार्टीमा प्रवेश – युवा क्रान्तिकारी नेता *मो. […]

दाङ । यस कार्यालयमा कार्यरत प्रहरी जवान सुनिल बुढा मगर सवारी दुर्घटनामा परी घाइते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही दाङमा उपचाररत रहनुभएकोमा निजको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। जिल्ला प्रहरी कार्यालय, दाङ तथा यस कार्यालय मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूबाट स्वेच्छिक सहयोगस्वरूप संकलित नगद *रु. ८२,५००/- (अक्षरेपी बयासी हजार पाँच सय रुपैयाँ)* एकमुष्ट रूपमा […]

बाँके । नेपालगञ्ज सिख समुदायको महान् पर्व गुरु नानक जयन्तीको शुभअवसरमा नेपालगञ्ज गुरुद्वारा प्रबन्ध समितिले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा सहभागी हुँदै राष्ट्रिय जनमत पार्टीका संयोजक इरफान अहमद शेष उर्फ बुलडोजर बाबाले सम्पूर्ण सिख समुदायलाई आफ्नो तर्फबाट तथा राष्ट्रिय जनमत पार्टी परिवारको तर्फबाट हार्दिक शुभकामना तथा मुबारकबाद व्यक्त गर्नुभयो। सो अवसरमा गुरुद्वारा समितिद्वारा […]

error: Content is protected !!