०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

बर्दियाको क्वारेन्टिनमा आत्महत्या गरेका पुरुषमा कोरोना पुष्टि

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

एबिसी संचार बर्दियाको क्वारेन्टाइनमा आईतवार राती आत्महत्या गरेका ती व्यक्तिको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
रिपोर्ट पोजिटिभ आएपछि नेपाली सेनाको भैरबप्रसाद गणको सुरक्षा गुल्म तुलापुरबाट सहसेनानी राधेश्याम विष्टको कमाण्डमा खटेको सेनाको टोलीले सो शव व्यवस्थापन गरेको हो । पीसीआर रिपोर्ट नआउँदासम्म उनको शव झुण्डिए कै अवस्थामा रहेको थियो ।
अछाम घर भएका ४३ वर्षीय पुरुष भारतबाट कैलाली हुदै बर्दिया आएका थिए । स्थानीयबासीका अनुसार अछाम जाने अवस्था नभएपछि उनी सामान्य नाता पर्ने बर्दियाको ठाकुरबाबा नगरपालिकाको सैनवारमा पुगेका उनलाई ठाकुरबाबा नगरपालिकाकाले क्वारेन्टिनमा लगेर राखेको थियो । क्वारेन्टिनमा रहेको तन्नाको पासो लगाएर उनले आत्महत्या गरेका थिए ।
आत्महत्या भएको खबर पाए लगत्तै कोरोना संक्रमण भए नभएको पत्ता लगाउन उनको स्वाब नेपालगन्ज स्थित भेरी अस्पतालमा परीक्षणका लागि ल्याइएको थियो । सोमबार अबेर साँझ उनमा कोरोना भाइरस पोेटिभ पाइएपछि नेपाली सेनाको टोलीले सोमबार राती नै उनको शव व्यवस्थापन गरेको हो ।
नेपाली सेनाको टोलीले उनको शवलाई अन्तिम सलामी दिदै सम्मानका साथ शव व्यवस्थापन गरेको थियो । कोबिड–१९ को संक्रमणको कारण मृत्यु भएकाहरुको शव नेपाली सेनाले सम्मानका साथ व्यवस्थापन गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!