०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

नेपाल प्रहरीका DIG शाही र कार्की AIG मा बढुवा सिफारिस

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

एबिसी क्राईमबिट
काठमाडौं सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीका दुई नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।
गत असार ३१ गते गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका डीआईजीद्वय निरजबहादुर शाही र प्रध्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवाको लागि सिफारिस गरेको थियो । सोमबारको मन्त्रीपरिषद बैठकले सोही सिफारिसलाई सदर गर्दै नवनियुक्त दुबै एआईजीको पदस्थापन समेत गरेको छ ।
तत्कालीन एआईजी तारिणीप्रसाद लम्सालले अवकाश पाएपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जको रिक्त कार्यकारी निर्देशकमा एआईजी प्रध्युम्नकुमार कार्कीको पदस्थापन भएको छ ।
त्यस्तै प्रहरी प्रधान कार्यालयको मानवस्रोत तथा प्रशासन बिभागको प्रमुखमा एआईजी निरजबहादुर शाहीको पदस्थापन भएको प्रहरी मुख्यालय स्रोतले जानकारी दिएको छ । एआईजी शाही र कार्की नेपाल प्रहरीमा व्यावसायिक र इमानदार अधिकृतको रुपमा परिचित छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!