०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

लमही ट्राफिकले ४६ लाख बढि राजस्व संकलन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

सागर थापा दाङको लमही अस्थाई ट्राफिक प्रहरी पोष्टले वितेको आर्थिक वर्षमा थोरै राजस्व संकलन गरेको जनाएको छ । लकडाउनका कारण वितेको अार्थिक वर्षमा कम राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६३ लाख १८ हजार ५ सय राजस्व संकलन गरेको ट्राफिक प्रहरीले वितेको आर्थिक वर्ष ०७६/०७७ मा ४६ लाख ७२ हजार रुपैया राजस्व संकलन भएको लमही ट्राफिकका ट्राफिक प्रमुख प्रहरी निरीक्षक बाबुराम जिसीले जानकारी दिए । अमिलिया रिहार नर्ति र गढवामा कार्यरत प्रहरी टोलिद्वारा उक्त राजश्व संकलन भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले बताए । ट्राफिक प्रहरीले कार्यक्षेत्रभित्र विभिन्न स्थानहरूमा छड्के सवारीसाधन चेकजाँच गर्दा ट्राफिक नियम उलंघन गर्ने यातायातका सवारी साधनहरूलाई कारवाही गर्दा जरिवाना स्वरूप उक्त रकम संकलन भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक जिसीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!