प्रकशित मिति : १३ श्रावण २०७७, मंगलवार १७:००

महेन्द्र सिंह बाँके प्रहरीले तीन बोरा सुपरपावर सुर्ती र एक बोरा कमलापसनसहित दुई जनालाई पक्राउ गरेको छ ।
साइकलमा राखेर तीन बोरा सुपरपावर सुर्ती ल्याउदै गर्दा डुडुवाको अमृतपुरुवाबाट बेतहनीका सियाराम केवट पक्राउ परेका छन् ।
प्रहरीले नेपालगञ्ज बजारबाट सलमान दर्जीलाई एक बोरा कमलापसन (गुट्खा) सहित नियन्त्रणमा लिएको छ । दुवै जनालाई सामानसहित भन्सार कार्यालयमा पठाएको बाँके प्रहरीले बताएको छ ।
कोरोनाको कहरबीचमा सुर्तीजन्य पदार्थको तस्करी बढेको पाइएको छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com