२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेले मोबाइल र सुर्तीजन्य सहित लाखौं मुल्यको पक्राउ

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरीको जयसपुर बिओपीले भारतबाट भित्रीरहेको लाखौ मूल्य बराबरको अवैध सामाग्री पक्राउ गरेको छ।
गएराती १२ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको नेतृत्वमा गएको टोलीले वैद्युतीय सामाग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाईलको चार्जर,७ थान सानो वुफर, घडी १ थान, डाटा केबल ठुलो ७ थान र डाटा केबल सानो ९ थान बरामद गरेको हो। यस्तै टोलीले सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती २९५ पोका र बिडी १९० बन्डल बरामद गरेको हो।
बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १ लाख १३० रुपैयाँ रहेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका वैद्युतीय सामाग्री लगायत सुर्तीजन्य सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज बुझाइएको बाँके सशस्त्र प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!