२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउदै वडा नं १८

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले घरेलु मदिरा उत्पादन र बेचबिखनमा रोक लगाउने अभियान सुरुवात गरेको छ ।
बिभिन्न जनमूलक कामहरु गर्दै आईरहेको वडा नं १८ ले फेरी यो एउटा नयाँ कामको सुरुवात गरेको हो । गाउँघरमा जाँड,रक्सी खाएर भईरहेका बिभिन्न घटनाहरुको मूल्याङकन गर्दै वडा नं १८ ले यो अभियान संचालन गरेको वडा अध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।
२८ वटा टोल बिकास संस्थाहरुलाई परिपत्र गर्दै खुल्ला रुपमा अबैध कार्य गर्ने जो–सुकैलाई पनि कारवाही गर्दै नमुना वडा बनाउन लागी दिनरात नभनी काम गरिरहेकोे अध्यक्ष वलीले बताउनु भयो । सबैभन्दा पहिले कोलकाटे टोल बिकास संस्थाले खुल्ला मदिरा बिक्री बितरण गर्न नपाईने भन्दै आफ्नो टोललाई खुल्ला मदिरा मुक्त टोल घोषणा गरिसकेको छ भने बाँकी टोलहरु पनि यो अभियानलाई सफल बनाउन लागी परेको वडा सदस्य शितल प्रसाद बुढा मगरले जानकारी दिनुभएको छ ।
कोलकाटे टोल बिकास संस्थाका अध्यक्ष बिर बहादुर नेपाली(गोबिन्द) को अध्यक्षतामा भएको उक्त खुल्ला मदिरा टोल मुक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष माधव वलीले यो अभियानलाई सफल बनाउन सबैले साथ दिनुभएकोमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा अझै यी र यस्तै किसिमका कार्यहरु गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । साथै उहाँले गाउँ–घरमा मदिराकै कारण बिभिन्न घटनाहरु भईरहेकाले मदिरा पसलको रुपमा दर्ता भएका पसलहरुलाई बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म मात्रै खोल्नका लागी अनुरोध समेत गर्नुभयो । सोहि कार्यक्रममा बोल्दै वडा सदस्य शितल प्रसाद बुढा मगरले वडा नं १८ ले बिकास निर्माणका कामहरु मात्रै नभएर समाज सुधार्नका निमित्त यी र यस्तै धेरै कामहरु गरिरहेको कुरा उल्लेख गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]