प्रकशित मिति : १४ श्रावण २०७७, बुधबार १८:००

सागर थापा
काठमाडौं नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कुवेर कडायत नियुक्त भएका छन् ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको काठमाडौं प्रहरी प्रधान कार्यलयले बुधबार जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना [email protected]­lice.gov.np मा सिधै सम्पर्क गर्न सकिने छ ।


सम्बन्धित

दर्ता विवरण

सूचना विभाग दर्ता नंः १३२५/०७५/७६

Twitter

Contact

9847845918

Copyright © 2015-2020 AbcSanchar.com