०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

दाङको हापुरे खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाएपछि

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

सागर थापा
दाङको हापुरे खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाए पछी डोजरले निकालेको छ। घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुरे खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो।
घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिएका छन्। खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो।
खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुर ७ जनाको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। खोलाले एम्बुलेन्स बगाएर सडकदेखि २० मिटर तल लगेका अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नारायणपुरतिरबाट बिरामी लगएर एम्बुलेन्स तुलसीपुर जाँदै गर्दा बगाएको रहेछ,’ इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी प्रमुख सई विकले भने, ‘एम्बुलेन्स बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नारायणपुरको टोली पुगेर उद्धार गरेको हो।’
उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।
उक्त सडक खण्डमा साना सवारीसाधन अझै चल्न नसकेको प्रहरीले जनाएको छ। घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्। उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!