११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

दाङको हापुरे खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाएपछि

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

सागर थापा
दाङको हापुरे खोलाले बिरामी बोकेको एम्बुलेन्स बगाए पछी डोजरले निकालेको छ। घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत पर्ने हापुरे खोलाले बुधबार बिहान बिरामी लिएर तुलसीपुरतिर जाँदै गरेको एम्बुलेन्स बगाएको थियो।
घोराहीबाट बिरामी लिएर तुलसीपुर जाँदै गरेको रा. १ च ८९२ एम्बुलेन्सलाई बुधबार बिहान सवा ३ बजेतिर हापुर खोलाले बगाएको इलाका प्रहरी कार्यालय नारायणपुरका प्रमुख सई भीमबहादुर विकले जानकारी दिएका छन्। खोलाले बगाएको एम्बुलेन्सलाई प्रहरीले बिहान साढे ५ बजेतिर उद्धार गरेको थियो।
खोलाले एम्बुलेन्स बगाएको खार पाएपछि २० मिनेटमै हामी घटनास्थल पुगेर एम्बुलेन्समा तीनजनालाई उद्धार गरेका थियौ,’ उनले भने, ‘बाँकी दुईजनालाई केही समय पछि उद्धार गरेका हौं।’ उद्धारमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दसहितको २० जनाको टोली र नारायणपुर ७ जनाको प्रहरी टोलीले उनीहरुको उद्धार गरेको हो। खोलाले एम्बुलेन्स बगाएर सडकदेखि २० मिटर तल लगेका अवस्थामा प्रहरीले डोजर प्रयोग गरेर उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
नारायणपुरतिरबाट बिरामी लगएर एम्बुलेन्स तुलसीपुर जाँदै गर्दा बगाएको रहेछ,’ इलाका प्रहरी कार्यालय नारायणपुरका प्रहरी प्रमुख सई विकले भने, ‘एम्बुलेन्स बगाएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नारायणपुरको टोली पुगेर उद्धार गरेको हो।’
उनका अनुसार खोलाले एम्बुलेन्स चालक तुलसीपुर उपमहानगरपालिका–१४ पहली निवासी अम्मराज कुँवर, घोराही उपमहानगरपालिका–१५ निवासी विष्णु सार्की, उनकी श्रीमती शान्ति नेपाली, छोरा विशेष नेपाली र सोही ठाउँ निवासी अर्का २८ वर्षीय शरद नेपालीलाई प्रहरीले सकुशल उद्धार गरेको थियो।
उक्त सडक खण्डमा साना सवारीसाधन अझै चल्न नसकेको प्रहरीले जनाएको छ। घोराही–तुलसीपुर सडक खण्डमा पुल नभएका खोलाले वर्षेनि साना सवारीसाधन बगाउने गरेका छन्। उक्त सडकखण्डको ग्वारखोला, संक्राम खोला, गुर्जेखोलालगायतमा पुल भएपनि हापुर खोला, सेवारखोला, पत्रेखोलालगायत खोलामा पुल नबन्दा वर्षामा जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*पारदर्शिता नहुने शुल्क उठाइको समस्या:* 1. *आधार*: यदि यो धनकुटा नगरपालिकाको आधिकारिक कर/शुल्क हो भने राजपत्रमा प्रकाशित हुनुपर्छ, दररेट र उद्देश्य स्पष्ट हुनुपर्छ। सूचना बोर्ड, रसिद, उठाउने व्यक्तिको परिचयपत्र अनिवार्य हुन्छ। 2. *सेवाविना शुल्क*: पार्किङ, सरसफाइ, व्यवस्थापन जस्तो सेवा नदिई “बजार हुँदै गएको भरमा” शुल्क लिनु कर होइन, असुली हुन्छ। 3. *धम्की*: “चाबी खोस्छु” भन्ने […]

बाँके । नेपालकै सबैभन्दा गर्मी हुने जिल्लामध्येको बाँकेको *इलाका प्रहरी कार्यालय कोहलपुर*ले थुनुवा कक्षमै एसी जडान गरेर उदाहरणीय कदम चालेको छ। यो नेपालमै पहिलो पटक भएको मानिन्छ। *के भयो:* – *डीएसपी चक्र डमरपाल*को नेतृत्व र *कोहलपुर नगरपालिका*को सहयोगमा थुनुवा कक्षमा २ वटा एसी जडान गरिएको छ। – चर्को गर्मीमा रहेका कैदीबन्दीको स्वास्थ्य सुरक्षा र सहजताका […]

बाँके । नेपाल पत्रकार महासंघ बाँके*को १५औं साधारण सभा उद्घाटन गरिएको छ। उद्घाटन *पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन*ले गरेका हुन्। साधारण सभामा बाँके जिल्लाका पत्रकारहरूको पेसागत हकहित, प्रेस स्वतन्त्रता, मिडियामा देखिएका चुनौती र सङ्गठनको आगामी कार्ययोजनाबारे छलफल हुन्छ। यस्ता साधारण सभाले स्थानीय पत्रकारको समस्या केन्द्रमा पुर्‍याउन र संगठनलाई सक्रिय बनाउन भूमिका खेल्छ। बाँके पत्रकार […]

error: Content is protected !!