१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

बाँके जिल्लाको सुरक्षा प्रमुखहरु (मास्क) बाँड्दै सडकमा कोरोना रोकथाम अभियान

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी प्रमुख एसपी ओमबहादुर राना बुधबार नेपालगन्ज बजारको सडकमा मास्क बाँड्दै हिडेको दृष्य देखियो ।
अरु समयमा प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई सय रुपैयाँ जरीवाना तिराउने प्रहरीले आज मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे ।
प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखी बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै पुन: धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस मास्क’ भन्दै मास्क ५ हजार थान सर्जिकल मास्क बितरण गरेका थिए ।
सिडिओ र एसपीसङ्गै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी लगायतको टोलीले मास्क बितरण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम अनुसार आज बेलुका बाँकेका सिडिओ र एसपी लगायतको टोली बजारमा निस्केको हो ।
केही समय पहिले लकडाउनको बेलामा लकडाउन उल्लंघन गर्नेहरुलाई सम्झाउन तथा कारबाही गर्नका लागि प्रजिअ कुरुम्बाङ आफै सडकमा निस्केका थिए ।
हिजो मात्रै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना ट्राफिक व्यवस्थापन गर्नका लागि आफै व्हील लकर लिएर सडकमा अटेर गरेर जथाभावी पार्किङ गरेर राखिएका सवारी साधन कारवाही गर्न आफै सडकमा निस्केका थिए ।
बाँकेमा प्रजिअ कुरुम्बाङ र प्रहरी प्रमुख राना आएदेखी सानादेखी ठुला अपराधी समाउने देखि लिएर जनतासङ्ग प्रत्यक्ष जोडिएका समस्या समाधानका लागि तथा सर्वसाधारणलाई प्रहरी प्रशासन पनि जनताको साथसाथै भएको महशुल गराउँदै उदाहरणीय कार्यहरु भइरहेको भन्दै स्थानियहरु सुरक्षित र खुशी भएको बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]

  (महेन्द्र  सिंह) बाँके ।  बाँके प्रहरीले  नेपालगन्ज उ.म.न.पा  १३  लोनियनपुरुवाबाट  कटुवा पेस्तोल र  12KF96 लेखेको  गोलि  १ थान सहित बाँके   प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा  जिल्ला बाँके नेपालगन्ज  उ.म.न.पा २३ बस्ने सदराम बागवान र ऎ.ऎ बस्ने साकिर अलि बागवान   रहेका छन् ।जिल्ला  प्रहरी कार्यालय बाँकेबाट  संयुक्त रुपमा खटिएको प्रहरी गस्तीले ऎ.ऎ. […]

(महेन्द्र सिंह )                                                               इलाका प्रहरी कार्यालय जमुनाहका  प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा नेपालगंज उपमहानगरपालिका १५  स्थित जमुनाहबाट  अबैध रुपमा चोरी पैठारी गरि ल्याईएका कुर्ता […]