०१ चैत्र २०८२, आइतबार
15-03-2026 , Sun
×

बाँके जिल्लाको सुरक्षा प्रमुखहरु (मास्क) बाँड्दै सडकमा कोरोना रोकथाम अभियान

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

महेन्द्र सिंह बाँके जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी प्रमुख एसपी ओमबहादुर राना बुधबार नेपालगन्ज बजारको सडकमा मास्क बाँड्दै हिडेको दृष्य देखियो ।
अरु समयमा प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई सय रुपैयाँ जरीवाना तिराउने प्रहरीले आज मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे ।
प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखी बिपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, घरबारी टोल हुँदै पुन: धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस मास्क’ भन्दै मास्क ५ हजार थान सर्जिकल मास्क बितरण गरेका थिए ।
सिडिओ र एसपीसङ्गै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शशी स्वाँर, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी लगायतको टोलीले मास्क बितरण गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सामुदायिक प्रहरी सेवा केन्द्रको समन्वयमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि जनचेतनामूलक कार्यक्रमका साथै मास्क बितरण कार्यक्रम अनुसार आज बेलुका बाँकेका सिडिओ र एसपी लगायतको टोली बजारमा निस्केको हो ।
केही समय पहिले लकडाउनको बेलामा लकडाउन उल्लंघन गर्नेहरुलाई सम्झाउन तथा कारबाही गर्नका लागि प्रजिअ कुरुम्बाङ आफै सडकमा निस्केका थिए ।
हिजो मात्रै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना ट्राफिक व्यवस्थापन गर्नका लागि आफै व्हील लकर लिएर सडकमा अटेर गरेर जथाभावी पार्किङ गरेर राखिएका सवारी साधन कारवाही गर्न आफै सडकमा निस्केका थिए ।
बाँकेमा प्रजिअ कुरुम्बाङ र प्रहरी प्रमुख राना आएदेखी सानादेखी ठुला अपराधी समाउने देखि लिएर जनतासङ्ग प्रत्यक्ष जोडिएका समस्या समाधानका लागि तथा सर्वसाधारणलाई प्रहरी प्रशासन पनि जनताको साथसाथै भएको महशुल गराउँदै उदाहरणीय कार्यहरु भइरहेको भन्दै स्थानियहरु सुरक्षित र खुशी भएको बताउँछन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!