२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा ईद उल अजह (बकर ईद) को शुभकामना व्यक्त

Logo
प्रकाशित शुक्रबार, साउन १६, २०७७

कृष्णनगर, साउन, १६
मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान ले स्वादेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली लगायत मुस्लिम समुदायमा ईद उल अजहा (बकर ईद) को हार्दिक शुभकामना व्यक्त गरेका छन्। इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठान ले (COVID-19) कोरोना भाइरस ले गर्दा लकडाउन रहेको अवस्था मा विपन्न परिवार मा राहत वितरण लगायत समय समयमा अन्य सामाजिक कार्य गर्दै आएका छन्।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत अध्यक्ष अकरम पठान ले अनुरोध गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]