०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

टाेल बिकास संस्थाले गर्याे २ किलाेमिटर बाटाे सरसफाइ

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे बालुवा टाेल बिकास संस्थाले शनिबार करिव २ किलाेमिटरकाे बाटाे सरसफाइ गरेकाे छ ।
टाेल बिकास संस्था र टाेल सुरक्षा समितिकाे समन्वयमा बाटाेमा रहेका खाल्डाखुल्डीहरु पुर्दै बाटाे छेउछाउमा रहेकाे जारपातहरु उखेल्दै स्वच्छ गाउँ सुन्दर ठाउँ भन्दै सरसफाइ अभियान चलाएकाे टाेल बिकास समितिका अध्यक्ष ध्रुव मल्लले बताउनुभयाे ।
बर्षायामकाे बेलामा गाउँ आउने मानीसहरुलाई सहज हाेस् भन्ने हेतुले उक्त सरसफाइ अभियान सञ्चालन गरिएकाे थियाे । आफ्नाे गाउँ आफै बनाउँ भन्दै गुहारखाेलाकाे पुलदेखि जमुनी पुग्ने बाटाे सम्म सरसफाइ गरिएकाे टाेल बिकास संस्थाका सचिव ओम प्रकाश पार्धेले बताउनुभयाे । नजिकै ईट्टा भट्टा भएकाले यहाँ धेरै सवारी साधनहरु आवतजावत गर्ने हुदाँ बाटाेमा धेरै खाल्डाखुल्डी भएकाे भन्दै उक्त खाल्डाहरु पुर्दै बाटाेलाई पुर्ण रुपले सफा बनाउन उक्त अभियान सुरु गरिएकाे पनि सचिव पार्धेले बताउनु भयाे ।
बालुवा टाेल बिकास संस्थाका अध्यक्ष रुद्र मल्लकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत तथा हेमन्तपुर प्रहरी चाैकीका प्रहरी ईचार्ज ईन्द्र बहादुर पालकाे प्रत्यक्ष सहभागितामा उक्त सरसफाइ अभियान सुरु भएकाे थियाे सरसफाइ अभियान बिहान ७ बजेबाट सुरु भई ११ बजे सकिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!