०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

टाेल बिकास संस्थाले गर्याे २ किलाेमिटर बाटाे सरसफाइ

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

कपिल लामिछाने
तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे बालुवा टाेल बिकास संस्थाले शनिबार करिव २ किलाेमिटरकाे बाटाे सरसफाइ गरेकाे छ ।
टाेल बिकास संस्था र टाेल सुरक्षा समितिकाे समन्वयमा बाटाेमा रहेका खाल्डाखुल्डीहरु पुर्दै बाटाे छेउछाउमा रहेकाे जारपातहरु उखेल्दै स्वच्छ गाउँ सुन्दर ठाउँ भन्दै सरसफाइ अभियान चलाएकाे टाेल बिकास समितिका अध्यक्ष ध्रुव मल्लले बताउनुभयाे ।
बर्षायामकाे बेलामा गाउँ आउने मानीसहरुलाई सहज हाेस् भन्ने हेतुले उक्त सरसफाइ अभियान सञ्चालन गरिएकाे थियाे । आफ्नाे गाउँ आफै बनाउँ भन्दै गुहारखाेलाकाे पुलदेखि जमुनी पुग्ने बाटाे सम्म सरसफाइ गरिएकाे टाेल बिकास संस्थाका सचिव ओम प्रकाश पार्धेले बताउनुभयाे । नजिकै ईट्टा भट्टा भएकाले यहाँ धेरै सवारी साधनहरु आवतजावत गर्ने हुदाँ बाटाेमा धेरै खाल्डाखुल्डी भएकाे भन्दै उक्त खाल्डाहरु पुर्दै बाटाेलाई पुर्ण रुपले सफा बनाउन उक्त अभियान सुरु गरिएकाे पनि सचिव पार्धेले बताउनु भयाे ।
बालुवा टाेल बिकास संस्थाका अध्यक्ष रुद्र मल्लकाे अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत तथा हेमन्तपुर प्रहरी चाैकीका प्रहरी ईचार्ज ईन्द्र बहादुर पालकाे प्रत्यक्ष सहभागितामा उक्त सरसफाइ अभियान सुरु भएकाे थियाे सरसफाइ अभियान बिहान ७ बजेबाट सुरु भई ११ बजे सकिएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!