२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँके जिल्ला अदालतमा पाँच जना कर्मचारीसहित १२ जनामा कोरोना संक्रमण देखियो

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

महेन्द्र सिंह बाँके भेरी अस्पतालमा आज गरिएको परिक्षणमा जिल्ला अदालत बाँकेका ४०,४६,५५,२२ बर्षका पुरुष र अर्को उमेर नखुलेको पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ।
यस्तै नेपालगन्जको राझाँँस्थित आर्मी अस्पतालका एक जना चिकित्सकसहित अन्य दुईजना सैनिक कर्मचारीलाई कोरोना संक्रमण भएको छ। उनीहरु २३,३३ र ३४ बर्षका पुरुषहरु हुन् भने भेरीमा गरिएको परिक्षणमै दाङको आर्मी फिएका एक जना ३५ बर्षका पुरुषलाई समेत कोरोना भेटिएको छ।
यसैगरी बाँके खजुराका ३७ बर्षका पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ भने टीकापुरका एक जना ३२ बर्षीय पुरुष चिकित्सकसहित अर्का एकजना २६ बर्षीय पुरुषलाई कोरोना संक्रमण भएको भेरी अस्पतालले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।