०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सरसफाइकाे बेला भेटिएकाे अबैध गाँजा नष्ट

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

कपिल लामिछाने
भुँयारथान टाेल सुरक्षा समिति तथा वडा नं १८ काे प्रत्यक्ष सहभागितामा दुधरास स्थित जिवराज डाँगीकाे घरमा रहेकाे करिव आधा कठ्ठाकाे अबैध गाँजा नष्ट गरिएकाे छ ।
भुँयारथान टाेल सुरक्षा समितिले आईतबार बिहान गरेकाे नाला सरसफाइ अभियानमा उक्त गाँजा भेटिएकाे टाेल सुरक्षा समितिका अध्यक्ष धन बहादुर बस्नेतले जानकारी दिनुभयाे ।
जिवराज डाँगीले घरबारी सरसफाइ गर्ने क्रममा गाँजा जस्तै देखिने बाेटहरु देखेपछि तुरून्तै टाेल सुरक्षा समितिलाई जानकारी दिएकाे अध्यक्ष बस्नेतले बताउनुभयाे । गाँजा नष्ट गर्नका लागी डाँगीकाे घरमा पुगेकाे टाेल सुरक्षा समितिले करिव १ घण्टा लगाएर उक्त गाँजा नष्ट गरेकाे थियाे ।टाेल सुरक्षा समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत लगाएत टाेल बिकास संस्था, टाेल सुरक्षा समितिले उक्त गाँजा नष्ट गर्नमा सहयाेग गरेकाे टाेल सुरक्षा समितिका अध्यक्ष बस्नेतले बताउनुभयाे । साथै उहाँले यस्ता किसिमका अबैध उत्पादनहरुलाई बन्द गर्नका लागी टाेल सुरक्षा समिति र वडा कार्यालय लागी रहेकाे पनि बताउनुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!