०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

सरसफाइकाे बेला भेटिएकाे अबैध गाँजा नष्ट

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

कपिल लामिछाने
भुँयारथान टाेल सुरक्षा समिति तथा वडा नं १८ काे प्रत्यक्ष सहभागितामा दुधरास स्थित जिवराज डाँगीकाे घरमा रहेकाे करिव आधा कठ्ठाकाे अबैध गाँजा नष्ट गरिएकाे छ ।
भुँयारथान टाेल सुरक्षा समितिले आईतबार बिहान गरेकाे नाला सरसफाइ अभियानमा उक्त गाँजा भेटिएकाे टाेल सुरक्षा समितिका अध्यक्ष धन बहादुर बस्नेतले जानकारी दिनुभयाे ।
जिवराज डाँगीले घरबारी सरसफाइ गर्ने क्रममा गाँजा जस्तै देखिने बाेटहरु देखेपछि तुरून्तै टाेल सुरक्षा समितिलाई जानकारी दिएकाे अध्यक्ष बस्नेतले बताउनुभयाे । गाँजा नष्ट गर्नका लागी डाँगीकाे घरमा पुगेकाे टाेल सुरक्षा समितिले करिव १ घण्टा लगाएर उक्त गाँजा नष्ट गरेकाे थियाे ।टाेल सुरक्षा समितिका अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा सदस्य धन बहादुर बस्नेत लगाएत टाेल बिकास संस्था, टाेल सुरक्षा समितिले उक्त गाँजा नष्ट गर्नमा सहयाेग गरेकाे टाेल सुरक्षा समितिका अध्यक्ष बस्नेतले बताउनुभयाे । साथै उहाँले यस्ता किसिमका अबैध उत्पादनहरुलाई बन्द गर्नका लागी टाेल सुरक्षा समिति र वडा कार्यालय लागी रहेकाे पनि बताउनुभयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!