२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बाँकेको त्रिभुवन चोक शिल गर्ने प्रशासनको तयारी

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

महेन्द्र सिंह
जिल्ला प्रशासन कार्यालय बाँके
नेपालगञ्जको त्रिभुवन चोक क्षेत्र वरपर ‘ट्राभल हिष्ट्री’ नभएका समुदायकै मानिसहरुमा कोरोना देखिएपछि नेपालगञ्ज तरंगित बनेको छ । सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, यातायात कार्यालय र अदालतमा समेत कोरोना संक्रमण देखिएपछि कोरोनाले समुदायमै डेरा जमाइसकेको निष्कर्ष निकाल्दै जिल्लाभर तीन दिने निषेधाज्ञा जारी गरिएको छ । संक्रमणको विस्तारलाई रोक्न निषेधाज्ञा जारी गरिएको हो ।
त्रिभुवन चोकका एक मिठाई पसलेमा देखिएको संक्रमणपछि उनको कन्ट्याक्टका १६ जनामा कोरोना पुष्टि भएपछि त्रिुभवन चोकलाई ‘नयाँ हटस्पट’ मानिएको छ ।त्रिभुवन चोकलाई कोरोनाको ‘इपिसेन्टर’ ठानेर हामीले थप रणनीति बनाउँदैछौं, त्रिभुवन चोकलाई शिल गरेर अघि बढ्ने योजना बनाउँदैछौं,” प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले भन्नुभयो ।
संक्रमित सम्पर्कका ४ सय २३ स्वाबको रिपोर्ट आउन बाँकि रहेकाले त्यसको परिणाम हेरेर निषेधाज्ञा बढाउने नबढाउने विषयमा थप रणनीति बनाइने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताउनुभयो । उहाँले निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गर्नुभएको छ । निषेधाज्ञामा अत्याबश्यक सेवा बाहेक सबै निषेध गरिएको कुरुम्बाङले बताउनुभयो ।
बाँकेमा हालसम्म ४ सय ३७ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ३ सय ८७ जना निको भएर घर फर्किएका छन् । दुई जनाको भने मृत्यु भएको छ । अहिले बाहिरी जिल्लाका ९ जना र बाँकेका ४८ जना गरी ५७ जना आइसोलेसनमा छन् । नरैनापुर, डुडुवा, जानकी र बैजनाथमा कोरोना संक्रमण शून्यमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।