०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

बिपत्तबाट जोगिन सल्यानमा पुर्व तयारी अभ्यास

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

मनाेज डाँगी
सल्यानमा सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवकहरु घाइतेहरुलाई ओसार्न र प्राथमिक उपचार गर्न व्यस्त देखिन्थ्ये । झट्ट हेर्दा शारदा नगरपालिका सिमखर्कमा ठुलै विपद आइपरेजस्तो देखिन्थ्यो । तर, त्यहाँ वास्तविक कुनै विपद नभई नेपाली सेना, नेपाल प्रहरीको आपतकालिन पुर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गराइएको थियो ।
पहिरोकोे कृत्रिम घटना बनाएर खोज तथा उद्दार, प्राथमिक उपचार, र आपतकालिन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पुर्व अभ्यास गराइएको नेपाली सेनाले जनाएको छ । विपद्का घटना जहाँपनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको सवुज गण सिमखर्क व्यारेकका गणपति घनश्याम भट्टराईले बताए । उनले भने ‘पहाडी क्षेत्रमा पहिरोको जोखिम बढी हुने गर्दछ । पहिरो आइहाले कसरी मानविय तथा भौतिक सम्पत्तिको क्षति हुनबाट बचाउन सकिन्छ भनेर अभ्यास गराएका हौं ।’
बाढी पहिरो आइहालेमा त्यसको खोज तथा उद्दार कसरी गर्ने भनेर अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक शिवराम पोखरेलले बताए ।
विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने सेनानी राजेश कार्कीको भनाई छ ।विपदका समयमा मानविय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी हुने पोखरेलको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कीर्तिपुर नगरपालिका-१ ट्याङ्ला फाँटमा बा ५ च ३०३८ नम्बरको गाडी आगलागी भएको थियो । उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको काठममाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको प्रहरीले जानाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको छ ।

बारा । कलैया उपमहानगरपालिका–४ गुप्ता पेट्रोल पम्प नजिक गए राति करिब साढे १२ बजे तिर भएको दुर्घटनामा स्थानका ४० वर्षीय शिवनारायण पासवानको  मृत्यु भएको प्रहरीले जनाएको छ। उनी ट्रकमा सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा राति नै प्रादेशिक अस्पताल कलैयामा मृत्यु भएको हो। बरियारपुरबाट कलैयातर्फ आउँदै गरेको बा. १ क ४८३६ नम्बरको […]

एजेन्सी । सोमबार, जुलाई २०, २०२६ अगरतलास्थित राज्य प्रहरी मुख्यालय PHQ को कार्यालय च्याम्बर भित्रको बाथरुममा उनलाई तुरुन्तै GB पन्त अस्पताल लगिएको थियो, तर डाक्टरले 12:48 बजे मृत घोषणा गरे प्रहरीले अहिलेसम्म आधिकारिक कारण नखुलाए पनि धेरैजसो मिडियाले आत्महत्या भएको आशंका गरेको छ। केही रिपोर्टमा आफ्नै सरकारी पेस्तोलबाट गोली हानेको आशंका गरिएको छ भने केहीमा […]

error: Content is protected !!