२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले फरार अपराधी र प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्दै

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले आज मात्रै सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । सवारी ज्यान मुद्दामा एकबर्ष अघिदेखि फरार रहेका डुडुवा गाउँपालिका वडा नम्बर ५, का १९ बर्षिय अरुण यादवलाई आज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिए । यादवले चलाएको भे ९ प ९२२६ नम्बरको मोटरसाइकलको ठक्करबाट २०७६ जेठ १४ गते डुडुवा गाउँपालिका वडा नम्बर ४, खालेमसाहका ८५ बर्षिय वृद्ध नायव खाँ को मृत्यु भएको थियो ।
फरार प्रतिवादी यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरीरहेको बाँके प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।