०४ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

बाँके प्रहरीले विभिन्न सरकारी कार्यालयहरुमा बम विष्फोट गर्ने पक्राउ

Logo
प्रकाशित मंगलबार, साउन २०, २०७७

महेन्द्र सिंह बाँके विगतमा मालपोत भूमि सुधारलगायत ठाउँमा बम विष्फोट गराएका र अदालतले जरिवाना र कैद सुनाएका डुडुवाका केशव राढ पक्राउ परेका छन् ।
उनी सशस्त्र भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वालासिंह) मा रहदा हत्या, अपहरण, बम विष्फोट तथा फिरौतीका घटनामा संलग्न रहेको उजुरी रहेका छन् ।
केही घटनामा उनलाई अदालतले कैद र जरिवानाको फैसला सुनाएको छ । २०६८ चैत्र ६ गते साविक गनापुरस्थित प्रकाश अधिकारीको उद्योगमा बम विष्फोट गराएको घटनामा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो । २०६८ मंसीर १४ गते भूमि सुधार कार्यालय, बाँकेमा बम विष्फोट गराएको आरोपमा अदालतले २०७२ माघ १८ गते ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको थियो । यही दिन मालपोत कार्यालय, बाँकेमा बम विष्फोट गराएको घटनामा जिल्ला अदालतले ६ महिना र पाँच हजार जरिवानाको फैसला सुनाएको थियो ।
फरार रहेका राढलाई बाँके प्रहरीले अहिले पक्राउ गरेको छ । बाँके प्रहरीले फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत राढ पक्राउ परेका छन् । यस्तै प्रहरीले २०७४ कात्तिक १६ गते जोगीडाँडामा करणी प्रयास गरेको मुद्दामा फरार गोविन्द श्रीपालीलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । इजरायली सेनाले बिहीबार गरेको मिसाइल हमलामा दक्षिण लेबनानको अन्तिम सकुशल पुल पनि ध्वस्त भएको छ । बीबीसीका अनुसार नबतिएह सहरमा हमलापछि धुँवा नै धुँवा उठेको छ । लिटानी नदीमाथिको सो पुल रहेको क्षेत्रमा सो सहर छ । जहाँ ४० हजार भन्दा बढी मानिसको बसोबास छ । यो हमलापछि अब लेबनानको दक्षिणी क्षेत्रसँग जोड्ने […]

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

error: Content is protected !!