०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेको १५० वर्ष पुरानो राम मन्दिरको पुननिर्माण कार्य सुरु

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ उचुवाबाबा कुटीस्थित जिर्ण रामजानकी मन्दिरको पुननिर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरीएको छ ।
करिब एक सय ५० वर्ष पुरानो ऐतिहासिक मन्दिर जिर्ण बन्दै गएपछि त्यसको परम्परागत महत्व कायमै राख्न भौतिक संरचनालाई मर्मत गर्न लागिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण मानिएको उक्त मन्दिरको पुननिर्माणकालागि गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बुधबार शिलान्यास गरेका छन ।
मन्दिरको शिलान्यास गर्दै चौधरीले गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक संरचनाहरुलाई पुननिर्माण तथा मर्मत सम्भार गर्न शुरु गरिएको बताए । रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति राखिएका छन ।
मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भगिरी, स्टोर कोठा लगाएतका भौतिक संरचनाको पुननिर्माण शुरु गरिएको हो ।
बाउण्ड्रीसहित मन्दिर निमार्णका लागि करिब एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा १५ लाखबाट निमार्ण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा-६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी रहेको दाङको देउखुरीमा राप्ती गाउँपालिका–२ लालमटियाको टुँडिखेलमा ‘सातौं राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक, पर्यटन तथा कृषि महोत्सव २०८२’ सञ्चालन गरिने भएको छ । राप्ती उद्योग वाणिज्य संघ, भालुवाङले आगामी पुस २५ गतेदेखि माघ ११ गतेसम्म महोत्सव सञ्चालन गर्ने जनाइएको छ। संघले सोमवार अपरान्ह भालुवाङस्थित आफ्नै कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत […]

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

error: Content is protected !!