२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

बाँकेको १५० वर्ष पुरानो राम मन्दिरको पुननिर्माण कार्य सुरु

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ उचुवाबाबा कुटीस्थित जिर्ण रामजानकी मन्दिरको पुननिर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरीएको छ ।
करिब एक सय ५० वर्ष पुरानो ऐतिहासिक मन्दिर जिर्ण बन्दै गएपछि त्यसको परम्परागत महत्व कायमै राख्न भौतिक संरचनालाई मर्मत गर्न लागिएको हो । ऐतिहासिक, धार्मिक तथा पर्यटकिय दृष्टिले समेत महत्वपूर्ण मानिएको उक्त मन्दिरको पुननिर्माणकालागि गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बुधबार शिलान्यास गरेका छन ।
मन्दिरको शिलान्यास गर्दै चौधरीले गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक संरचनाहरुलाई पुननिर्माण तथा मर्मत सम्भार गर्न शुरु गरिएको बताए । रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति राखिएका छन ।
मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भगिरी, स्टोर कोठा लगाएतका भौतिक संरचनाको पुननिर्माण शुरु गरिएको हो ।
बाउण्ड्रीसहित मन्दिर निमार्णका लागि करिब एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा १५ लाखबाट निमार्ण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताए ।
करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा-६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।