२४ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

बाँकेमा लक्डाउन उलंघन गर्नेहरुलाई क्वारेन्टाइन राख्ने

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७

महेन्द्र सिंह
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर राना आफै बजारमा निस्केर पसल खोल्ने र अनावश्यक हिड्नेलाई समात्न थालेका छन् ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ र एसपी रानाको टोलीले न्यूरोडबाट पसल खोलेका, अटोरिक्सा र मोटरसाइकल चलाएका केही व्यक्तिलाई समातेर प्रहरीको भ्यानमा राखेको छ । प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले निषेधाज्ञाको अवज्ञा गर्ने पसलेलाई नियन्त्रणमा लिएर क्वारेन्टाइन पठाउन थालेको बताउनुभयो । ‘निषेधाज्ञा उल्लंघन भयो । पसलहरु खोलिए । अहिले हामीले न्यूरोड क्षेत्रबाट पसल खोल्नेहरुलाई समातेर क्वारेन्टाइनमा लैजादैछौं, प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भन्नुभयो, उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पठाउँछौं ।’नियन्त्रणमा लिइएका पसले, अटोरिक्सा र मोटरसाइकल चालकलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा लैजाने तयारी भएको छ । स्थानीय प्रशासनले गएको शनिबार रातीदेखि आगामी शनिबार रातीसम्म निषेधाज्ञा लागु गरेको छ । धेरैले कि निषेधाज्ञा कडाई गर्न या हटाउन माग गरेपछि प्रमुख जिल्ला अधिकारी र एसपी आफै सडकमा निस्केका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । यस्तो देखेर धेरैले भन्न थालेका छन्, ‘यसपालि त मधेसकेन्द्रित दलको पत्ता साफ नै भइसक्यो ।’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याइरहेको अप्रत्याशित मत परिणामले मधेसमै मधेसवादी दलहरू ओझेलमा परिसकेको छ । यतिबेला मधेसवादी दलले जित्न सक्ने सम्भावित सिट मध्ये सप्तरी क्षेत्र नं. ३ हो । तर त्यसमा पनि खासै सम्भावना देखिदैन । कति […]

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन्। दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत रहेका पोखरेल पराजित हुने निश्चित भएसँगै परिवर्तनका लहरले आफ्नो विजयी सुनिश्चित हुन नसकेको बताएका हुन्। ‘यस पटकको निर्वाचनमा म उम्मेदवार भएको निर्वाचन क्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताहरूले निकै मेहनत गर्नुभयो। शुभेच्छुक र आफन्तजनहरूले […]

काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका छन् ।यहाँ रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ […]

error: Content is protected !!