२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

प्रचण्डको सुरक्षामा खटिएका ६ जना प्रहरीमा काेराेना पुष्टि

Logo
प्रकाशित बिहिबार, साउन २२, २०७७


एबिसी संचार
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका छ जना सुरक्षाकर्मीमा कोरोनो सङ्क्रमण पुष्टि भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले याे खबर पुष्टि गर्नुभएकाे छ । प्रचण्डको बाहिरी सुरक्षा घेरमा बस्ने प्रहरीलगायत प्रचण्डको परिवारका सदस्यको बुधबार स्वाब सङ्कलन गरी परीक्षण गर्दा छ जना प्रहरीमा सङ्क्रमण देखिएको हो ।
अध्यक्ष प्रचण्डसँग हिँडडुल गर्ने सुरक्षाकर्मीमा भने नदेखिएको उहाँले बताउनुभयो । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!