२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शुक्रबार देखिबाट १० दिनसम्म अत्यावश्यक बाहेक सबै सेवा बन्द

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

सागर थापा
कपिलवस्तु जिल्लामा पछिल्लो समय समुदायमै कोरोना देखिएकाले शुक्रबार देखिबाट १० दिन सम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ
प्रशासन कार्यलयले आज एक सुचना जारी गर्दै यहि साउन २३ गते बिहान ५ बजेबाट लागु हुने गरी साउन ३२ गते राती १२ बजे सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निणर्य गरेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताएका छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकोसंक्रमण कपिलवस्तुमा समुदाय स्तरमानै देखिएकोले १० दिन अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न लागिएको हो । शुक्रबार भोलि बिहान ५ बजेबाट लागुहुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने र प्रशासनको सुचाना उल्लंघन गरे कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासन कार्यलय कपिलवस्तुले चेतावनी दिएको छ ।
यस अवधीमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैंक तथा वित्तिय संस्थाबाट प्रदान गरिने सेवाहरु पूणर्न रुपमा बन्द गरिने छ ।
यस्तै मालवाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र संचालन हुने सार्वजनिक यातायातका सवारी साधानहरु पूर्ण रुपमा बन्द गरिने छ भने निजी सवारी साधन मोटरसाइकल, स्कुटरहरु जोर गते जोर र बिजोर गते बिजोर नम्बर गरी संचालन हुने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!