२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

बाँकेमा पुनः निषेधाज्ञा मंगलबार सम्म

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

महेन्द्र सिंह बाँके कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो ।जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को गत मङ्गलबार बसेको बैठकले भोली शनिबार सम्मका लागि निषेधाज्ञा जारी राखेको थियो । बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहदाँ पुनः तीनदिनका लागि निषेधेज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए । उनले आफ्नो फेसबुक वालमा एक स्टाटस सेयर गर्दै बाँकेमा निषेधाज्ञा बढाइएको जानकारी दिए । यसअघि भोली शनिबारसम्मका लागि थप गरिएको निषेधाज्ञालाई पुनः जारी राख्दै आगामी मङ्गलबार राती १२ बजे सम्मको समावधि थप गरिएको बाँके प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले बताए । पछिल्लो समय बाँकेमा समुदाय स्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्ला स्तरीय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको साउन २५ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ गते शनिबारसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो । यसबिच बाँकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधी, सरकारी कर्मचारी लगायतमा कोरोना भाइरस संक्रमण देखिसकेकोछ छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगन्ज आन्तरिक राजश्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगन्ज, कारागार र ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएकोछ । जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने की थप गर्ने भन्ने विषयमा छलफल हुदाँ थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!