३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

बाँकेको ४९ सहित कोहलपुरका १५ जना संक्रमित

Logo
प्रकाशित शुक्रबार, साउन २३, २०७७

महेन्द्र सिंह बाँकेमा शुक्रबार ठुलो सँख्यामा कोरोना संक्रमित भेटिएका छन । नेपालगञ्जको भेरी अस्पतालमा रहेको कोरोना परिक्षण ल्यावमा पछील्लो २४ घण्टामा आरटिपिसिआर बिधिद्धारा गरिएको परिक्षणमा बाँकेका ४९ जनामा कोरोना पोजेटिभ भएको पाइएको छ ।
नेपालगन्ज उपमहानगरको चार किल्ला सिल
भेरी अस्पतालका अनुसार पछील्लो २४ घण्टामा ३१२ जनाको परिक्षण गरिएकोमा ५१ जना ब्यक्तीको कोरोना पोजेटिभ भएको पाइएको छ । बाँकेको नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमित रहेका छन भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १र१ जना कोरोना संक्रमण भएको पाइएको छ ।
बाँकेका ४९ सहित ५१ मा कोरोना संक्रमण
नयाँ संक्रमितहरुमा जानकी ५ र खजुरा ४ का १/१ जना, कोहलपुरका १५ जना र नेपालगन्जका ३३ जना रहेका छन । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार कोहलपुर वडा नं. १ का ८ जना, २ का २ जना, ४ का २ जना, ५ का १ जना र ११ का २ जना रहेका छन । कोहलपुरका संक्रमितहरुमध्ये ५ जना महिला र १० जना पुरुष रहेका छन । त्यसैगरी नेपालगन्जका १४ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । सहित
बाँकेका ४९ सहित ५१ मा कोरोना संक्रमण
भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको आरटिपिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बाँकेमा ५ सय ४७ जना पोजेटिभ भएकोमा ३ सय ९४ जना निको भएर घर फर्किसकेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!