२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

कपिलवस्तु , साउन २४
सशस्त्र प्रहरी बल नेपाल नं.३९ गुल्म हे.क्वा (रा.तथा भन्सार सुरक्षा) कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने द्वयलाई राष्ट्रीय मदरसा संघ नेपालले एक सम्मान समारोहकासाथ शाही लाई भब्य बिदाई गरे ।
सशस्त्र प्रहरी नायब उपरीक्षक सुशील शाही र सशस्त्र प्रहरी नायब निरीक्षक सुरेश न्यौपाने लाई दोसल्ला ओढाई सम्मानित गर्दै उहाहरुको कार्यकालप्रति प्रसंशा पत्र समेत प्रदान गरिएको हो ।हाल शाहीको सरुवा चितवनमा भएको छ । नेपाल भारत खुल्ला सीमामा कडा सुरक्षा व्यबस्था मिलाई दिन रात नेपाली जनताको हक हितको लागि सीमामा हुने अनेको अवैध गतिविधीहरुमा लगाम लगाई समाजमा सदैव धार्मिक सहिष्णुता कायम गर्दै कृष्णनगरका जनताको सुख दुःखमा हात मिलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धेरै धेरै धन्यवाद र आगामी दिनमा पनि कार्यकाल सफल रहोस भन्ने शुभकामना दिदै ५न.प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना महमूद खां नेपालीले विदाई गरेका थिए ।
विदाई समारोहमा ईप्रका कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेल, राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुलगनी अलकुफी, नेकपाका नगरसमिती अध्यक्ष जावेद आलम, राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार मास्टर अनवार अहमद,युवा समाजसेवी साहिल खान,अलसेराज उर्दु पत्रिकाका सम्पादक मौलाना मन्नान, सगीर खाकशार,राहुल मोदनवाल,संईद अख्तर,हसीर अहमद लगायत समाजका भद्रभलादमी पत्रकारहरुको उपस्थिति थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!