११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

रेडक्रस बिजौरी उपशाखाको आयोजनामा बिजौरी बजारमा माक्र्स वितरण

Logo
प्रकाशित शनिबार, साउन २४, २०७७

सागर रोका दाङ बिजोरी उद्योग बाणिज्य संघको आयोजनामा शनिबार बिजोरी बजारमा माक्र्स वितरण गरिएको छ । बिजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष प्रेमनाथ योगि, निवर्तमान अध्यक्ष मुक्त बहादुर वली(मुकेश) प्रहरी चौकी हेमन्तपुरका इन्चार्ज सैइ इन्द्रबहादुर पाल, सृजना बालवाटिका ईग्लिस बोर्डिङ स्कुल बिजौरीका प्राचार्य अशोक कुमार पोख्रेल र पत्रकार महासंघका सदस्य राकेश बस्नेत, र गोरक्ष दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल लगायत स्थानीय अग्रज व्यवसायीहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा बाटोमा हिड्ने पैदल यात्रुदेखि व्यवसायी तथा ज्याला मज्दुरी गर्नेहरूलाई समेत माक्र्स झन्डै ७ सय जति माक्र्स वितरण गरिएको बिजौरी रेडक्रसका केशवराज शर्माले जानकारी दिनु भएको हो ।
उद्योगि व्यवसायीहरुको घर तथा पसलमै पुगेर सो टोलीले माक्र्स वितरण संगै कोभिड-१९ को विश्वव्यापी महामारीबाट बच्न नियमित रूपमा सेनिटाइजरको प्रयोग गर्ने विषयमा पनि सचेतना गराएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

कपिलवस्तु । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जेठ महिनामा सम्पन्न भएका प्रहरी गतिविधि तथा शान्ति सुरक्षा अवस्थाबारे प्रेसमिटमार्फत जानकारी सार्वजनिक गरेको छ।प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंह ले जिल्लामा अपराध नियन्त्रण, लागूऔषध विरुद्धको अभियान, फरार प्रतिवादी पक्राउ, ट्राफिक कारबाही तथा विभिन्न सुरक्षा गतिविधिबारे जानकारी गराउनुभयो।

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

error: Content is protected !!